जेष्ठ ६, २०८१ आईतबार

बिर्तामोडमा भत्काइयो सामुदायिक प्रहरीको जग्गामा बनाइएको पाउरोटी उधोग

बिर्तामोड । झापाको बिर्तामोड–४ मा एक पाउरोटी उधोग सञ्चालकले प्रहरी सेवा केन्द्रको जग्गामा संरचना निर्माण गरेपछि अदालतको आदेश बमोजिम भत्काइएको छ । आज प्रहरी, जनप्रतिनिधि र प्रहरी सेवा केन्द्रको अगुवाईमो सो संरचना भत्काइएको हो ।

सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रलाई दानमा प्राप्त भएको जग्गामा रमेश राजवंशीले पाउरोटी उधोगको संरचना बनाएका थिए । आज इलाका प्रहरी कार्यालयले अदालतको फैसला कार्यान्वयन अन्तर्गत उधोगको संरचना भत्काएको छ । प्रहरी सेवा केन्द्रको आग्रहमा प्रहरीले नगरपालिकाको समेत सहयोगमा जस्ताले बनाएको संरचना भत्काइएको हो । भत्काउने क्रममा राजवंशीले जेसीभीको सिसा फुटाइदिएका छन् । सिसा फुटाएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सामुदायिक प्रहरी सेवा केन्द्र विरुद्ध उल्टै मुद्धामामिला गरेका राजवंशी विरुद्ध फैसला आएपछि सेवा केन्द्रको जग्गा खाली गरिएको सेवा केन्द्रका अध्यक्ष उत्तम खनालले जानकारी दिए । खनालका अनुसार जिल्ला अदालतले डेढ वर्षअघि नै फैसला गरेको थियो, कोभिड र निर्वाचनका कारण भत्काउन सकिएको थिएन । प्रशंसा वेकरी उधोग सञ्चालन गर्दै आएका राजवंशीलाई पटक–पटक ठाउँ खाली गर्न आग्रह गर्दा पनि नछोडेपछि जेसीभी प्रयोग गरिएको सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष खनालले जानकारी दिए ।

प्रकाशित मिति : बैशाख ३०, २०८० शनिबार  ३ : ०१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]