जेष्ठ ४, २०८१ शुक्रबार

बिर्तामोडमा जग्गा हत्याइएको विषय छानविन गरियोस्

सम्पादकीय

झापाको बिर्तामोड –८ मा आइतवार एक व्यक्तिको निधन भयो । निधन हुने व्यक्ति हुन्, हरि मैनाली । उमेरले छ दशक पुरा गरेका मैनालीको निधनमा परिवारले एउटा समस्या देखाएको छ । भूमाफियाहरुको कारण डिप्रेशनमा परेर मैनालीको निधन भएको परिवार, आफन्त र छरछिमेकको दावी छ । जग्गाको तथ्याङक सामान्य छैन । ४० करोड बराबरको जमिन माफियाले हत्याएको कारण उनले आफुलाई सम्हाल्न नसकेको अधिकांशको निष्कर्ष छ । हुन पनि एउटा जमिनदारलाई जबरजस्त सडकमा पुराइदा बाच्न कठिन भएकै हुनुपर्छ । घर वरपर आँखाले देखिने जमिन अर्कैले नामसारी गर्दा एक्लै लड्न नसकेकै हुनुपर्छ ।

बिर्तामोड–भद्रपुर सडक खण्डमा पर्ने सो जमिन देउनिया नजिकै छ । देउनिया पुग्नुभन्दा पहिले मैनालीको जमिनमा पुगिन्छ । सडकको दुवै भागमा रहेको उनको जग्गामा ४ वटा समूहले वेइमानी गरेको तथ्य उनका आफन्तले सार्वजनिक गरेका छन् । ४२ कठ्ठा, १७ कठ्ठा, ३ कठ्ठा र १ कठ्ठा अलग–अगल व्यक्ति समूहले आफ्नो नाममा नामसारी गरेको बुझिएको छ । आर्थिक रुपमा समस्या देखेपछि सबैले दवाव र प्रमावमा पारेर जग्गा हत्याएको स्पष्ट छ । मादकपदार्थमा लठ्ठाएर जमिन हत्याएको हुन सक्ने आशंका दुनियाँले गरेका कारण यसको छानविन हुन आवश्यक देखिन्छ ।

यति धेरै जमिन विभिन्न समूहले हत्याएको कुरा सार्वजनिक भयो । खरिद नै गरेको हो भने पनि एक पटक प्रक्रिया बारे सार्वजनिक हिसावले परिवार, आफन्तजन र छरछिमेकले जानकारी पाउनुपर्छ । घरमुलीको निधन भएपछि यसबारे धेरै कुराहरु बाहिर आए । जग्गा हत्याउनेहरुले पनि मैनालीको मृत्यू पश्चात फाइदा उठाउने प्रपञ्च देखिन्छ । यसैले अहिले परिवार काजक्रियामा छ । काजक्रियामा बसेको परिवारलाई न्याय दिलाउन आवश्यक छ । मैनाली परिवारलाई न्याय दिनका लागि सबै सरोकारवालाले ध्यान दिन आवश्यक देखिन्छ । त्यसका लागि आफन्त, परिवारजन र छरछिमेकले एउटा बलियो कार्यदल बनाएर काम गर्नुपर्छ । जग्गाको किनबेच के भएको हो ? यथार्थ बाहिर ल्याउनुपर्छ ।

प्रकाशित मिति : जेष्ठ २, २०८० मंगलबार  ७ : २१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]