जेष्ठ ६, २०८१ आईतबार

चट्याङबाट सुरक्षित रहौं

सम्पादकीय

लामो समयपछि केहि ठाउँमा पानी परेको छ । बिर्तामोडमा पानी नपरेर प्रकृति, वातावरण उराठ लाग्दो भइसकेको थियो । रुखविरुवादेखि पशुपंछीको विजोग भइसकेको थियो । बल्ल पानी परेर केहि राहत प्राप्त भएको छ । मानवीय जीवनमा समेत धेरै समस्या भइरहेको अवस्था थियो । बुधबार मौसम सितल भएका कारण राहत महसुस भएको छ । लगभग अब केहि दिनपछि वर्षायाम सुरु हुदैछ । वर्षायाम नै सुरुभएपछि फेरि प्राकृतिक विपत्तिहरु आइलाग्छन् । त्यस तर्फ आम नागरिक सचेत हुन जरुरी छ । प्राकृतिक विपत्तिबाट आफु बच्नुपर्छ र अरुलाई पनि बचाउनुपर्छ ।

मौसम मानव जीवन अनुकुल भएन भने पनि दैनिकी कष्टकर हुन्छ । तथापि, प्राकृतिक मौसम अनुरुप मानव जीवनलाई हिडाउनुको विकल्प छैन । अब, बाढि पहिरो र चट्याङको ठुलो जोखिम हुने गर्छ । यस तर्फ सबैले ध्यान दिनुपर्छ । चट्याङ अहिले ठुलो समस्या बन्दै गइरहेको छ । वायुमण्डलमा जब विद्युतीय चार्जको असन्तुलन हुन्छ, एक ठाउँबाट अर्को ठाउँमा विद्युतीय चार्जको प्रवाहलाई चट्याङ परेको भनेर बुझ्नुपर्छ । यो विद्युतीय करेन्ट हो । घरमा जडान गरिएका तारमा प्रवाह हुने विद्युतीय करेन्ट जस्तै हो यो चट्याङको विद्युत प्रवाह । यसैले मौसमनुसार हिडडुललाई ख्याल गर्न आवश्यक छ ।

वितेको पाँच महिनामा चट्याङले लागेर ७० जनाले ज्यान गुमाइसकेका छन् । अन्तिम २० दिनमा ४ जनाले ज्यान गुमाए । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आम नागरिक स्वयम् यसबाट सुरक्षित हुन आवश्यक छ । पानी पर्नुभन्दा पहिले चट्याङको जोखिम हुनेगर्छ । पानी पर्दैगर्दा पनि चट्याङ पर्न सक्ने भएकाले सुरक्षित ठाउँमा बस्नुपर्छ । धेरैजसो वैशाख‚ जेठ र भदौ महिनामा चट्याङ पर्छ । अत्यधिक मात्रामा वैशाख–जेठमा पर्ने र असार–साउनमा बादल भए पनि कम चट्याङ पर्ने सम्भावना हुन्छ । जेठ धेरै जोखिमको महिना भएकाले सबै सुरक्षित रहौं ।

प्रकाशित मिति : जेष्ठ ४, २०८० बिहीबार  ७ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]