जेष्ठ ४, २०८१ शुक्रबार

कोशीका ९३ जना सांसदलाई ल्यापटप बाँड्न डेढ करोड बजेट रकमान्तर

विराटनगर । कोशी प्रदेश संसद सचिवालयले सांसदहरूलाई ल्यापटप दिन टेण्डर खुलाएको छ । प्रदेशसभाका ९३ सांसदलाई ल्यापटप खरिद गर्न प्रक्रिया सुरू गरिएको हो ।

१ सय थान ल्यापटप खरिदका लागि ई–टेण्डर खोलिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

यसका लागि १ करोड ५० लाख रूपैयाँ बजेट रकमान्तर गरिएको छ । सांसदलाई ल्यापटप किन्न बजेट नछुट्याइएकाले रकमान्तर गरेर व्यवस्था गरिएको बताइएको छ ।

कोशी प्रदेससभा सञ्चालन व्यवस्थापन समितिको चैत २८ गतेको बैठकले ल्यापटप खरिद गर्ने निर्णय गरेको थियो । समितिमा सभामुख, उपसभामुख, प्रदेससभा सचिवालयका सचिव र आन्तरिक मामिला मन्त्री छन् । निर्णयमा आन्तरिक मामिलामन्त्रीको हैसियतले मुख्यमन्त्री हिक्मत कार्कीले पनि हस्ताक्षर गरेका छन् ।

सांसदहरूलाई प्रविधिमैत्री बनाउन ल्यापटप दिने निर्णय गरेको कोशी प्रदेशसभा सचिवालयका उपसचिव गौतमप्रसाद अमात्यले बताए ।

प्रदेशसभाले एउटा ल्यापटपको १ लाख रूपैयाँ राखेर ठेक्का खोलेको छ ।

प्रकाशित मिति : जेष्ठ ४, २०८० बिहीबार  १ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]