जेष्ठ ६, २०८१ आईतबार

अब फोहोर वर्गीकरण गरौं

सम्पादकीय
झापाको स्थानीय तहहरुले भोग्दै आएको फोहोर व्यवस्थापनको समस्या अब समाधान हुने भएको छ । अधिकांश स्थानीय तहहरुमा फोहोर व्यवस्थापनको समस्या छ । फोहोर उत्पादन कम हुने पालिकाहरुमा ठुलो समस्या छैन । तर, बजार क्षेत्र रहेका पालिकाहरुलाई फोहोर व्यवस्थापन नै ठुलो चुनौति बन्दै आएको छ । बिर्तामोडलाई फोहोर व्यवस्थापनको समस्याले वर्षौदेखि समस्यामा पारेको छ । तर, वायोग्यास उत्पादन गर्ने परियोजना मार्फत अब बिर्तामोडको फोहोर व्यवस्थापन हुने भएको छ । यो समय पनि नजिक आएको बुझियो ।

कनकाई नगरपालिकासहित बिर्तामोड र अर्जुनधारा नगरपालिकाको ६० प्रतिशत लगानी, सर्वसाधरण नागरिकको बाँकी लगानीमा निर्माण सम्पन्न गरिएको वायोग्यास प्लान्टमा ग्यास उत्पादन नै शुरु भइसकेको छ । अब, सो प्लान्टले ग्यास भरेर बजारमा ल्याउने तयारी गरेको छ । कनकाई विर्ता अर्जुन नविकरणीय उर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनीले प्लान्टको निर्माण सकेको हो । व्यापक विरोधका बीच पालिकाहरुलाई फोहोरको व्यवस्थापन गर्नु थियो । अब, फोहोर व्यवस्थापन मात्र होइन, आम्दानी पनि हुने भएको छ । फोहोरबाट ग्यास र पेवर्स उत्पादन हुनेछ ।

कनकाई –२ मा ५७ कठ्ठा जमिन खरीद गरी प्लान्ट निर्माण गरिएको छ । नगरहरुबाट उत्पादिन कुहिने फोहोरको दीर्घकालीन व्यवस्थापन गर्ने उदेश्यले निर्माण गरिएको प्लान्टमा अब पालिकाहरुले फोहोर उपलब्ध गराउन मात्र बाँकी छ । फोहोर संकलन गरी प्लान्टसम्म पालिकाहरुले पुराउनुपर्छ । त्यसका लागि आम नागरिकहरुले फोहोरलाई व्यवस्थापन गरी दिनुपर्छ । कुहिने र नकुहिने फोहोरलाई छुट्टाछुट्टै व्यवस्थापन गरेर दिए मात्रै नगरले नगरवासीको फोहोर उठाउनेछ । त्यसका लागि सबैले रचनात्मक सहयोग गर्न आवश्यक छ ।

प्रकाशित मिति : जेष्ठ ६, २०८० शनिबार  ८ : २५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]