जेष्ठ ६, २०८१ आईतबार

बिर्तामोड खानेपानीको निर्वाचन : स्वतन्त्र प्रगतिशील प्यानलको उम्मेदवारी घोषणा

बिर्तामोड । बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनका लागि स्वतन्त्र प्रगतिशील प्यानलले उम्मेदवार घोषणा गरेको छ ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको स्वतन्त्र प्रगतिशील प्यानलले एक कार्यक्रमको आयोजना गरी उम्मेदवार घोषणा गरेको हो । खानेपानीको निर्वाचन तालिका अनुसार आज मनोनयन दर्ताको कार्यक्रम रहेको छ ।

स्वतन्त्र प्रगतिशील प्यानलबाट अध्यक्षमा देवेन्द्र सिटौला, उपाध्यक्ष प्रदिप खरेल, सचिव विष्णुप्रसाद चुडाल, कोषाध्यक्ष बिनिता राजवंशी, खुल्ला सदस्य छत्रबहादुर श्रेष्ठ र रमेश उप्रेती, महिला सदस्यमा तारा राई, पुनम अधिकारी र सीमा सिलवाल ढुङगाना उम्मेद्वार बनेका छन् ।

सत्तारुढ गठबन्धन फुटाएर खानेपानीको निर्वाचनमा नेकपा माओवादीले एमालेसँग गठबन्धन गरेको छ । एमालेले नेतृत्व गरेको सो प्यानलमा खानेपानीमा लामो समय सदस्य रहेर काम गरेका सिटौलाले उम्मेदवारी दिने भएका छन् । उनी राजनीतिक रुपमा नेपाली कांग्रेसका समर्थक भएपनि खानेपानीको निर्वाचनमा जो जहाँबाट उठ्न सक्ने बताउँछन् । खानेपानी सेवामा केहि गर्नुछ, सिटौलाले भने – सार्वजनिक संस्थामा पार्टी हेरेर हुदैन । उनले बिर्तामोड खानेपानीलाई नमूना संस्थाको रुपमा अघि बढाउने बताएका छन् । खानेपानी दिएर मात्र हुदैन, उनले भने – पानी स्वच्छ र हरपल उपलब्धता गराउन सक्नुपर्छ ।

बिर्तामोड खानेपानी संस्थाले सरसफाईको क्षेत्रका काम नगरेको उम्मेदवारहरुको भनाई छ । खानेपानी संस्थाको दायित्व सरसफाई पनि भएकाले स्वतन्त्र प्रगतिशील प्यानलको विजयी पश्चात बाँकी कामहरु गर्दै जाने प्रतिवद्धता जनाएका छन् ।

निर्वाचन परिचालन तथा प्रचार समितिका संयोजक देवराज घिमिरेको अध्यक्षतामा भएको उम्मेदवार घोषणा कार्यक्रममा प्रदेश सांसद एकराज कार्कीले बिर्तामोड खानेपानीमा उपभोक्ताहरुले परिवर्तन चाहेको बताए । खानेपानी संस्थाको परिवर्तनका लागि नयाँ नेतृत्व आवश्यक पर्छ, सांसद कार्कीले भने – अब उपभोक्ताले महंगो शुल्क बुझाउन पर्दैन । अन्य खानेपानीको तुलनामा बिर्तामोड धेरै महंगो भएको उनको भनाई छ । उपभोक्तालाई खानेपानीमा मारमा पार्न नहुने उनको भनाई थियो ।

एमाले, माओवादी सहितका दलहरुले खानेपानीको नेतृत्व सर्वसम्मत हुनुपर्ने माग गरेको बताएका छन् । आर्थिक मन्दीका कारण संस्थालाई ठुलो भारमा नपरौं भन्दा कांग्रेसले सर्वसम्मतको लागि तयार नभएपछि निर्वाचनका लागि आफुहरु पनि तयार भएको स्वतन्त्र प्यानलले जनाएको छ ।

प्रकाशित मिति : जेष्ठ ७, २०८० आईतबार  १० : २९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]