जेष्ठ २, २०८१ बुधबार

दोस्रो मिस्टर कञ्जनजंघा बडी विल्डिङ च्याम्पियनसीप जेठ २५ बाट हुने

बिर्तामोड । कोशी प्रदेशस्तरीय दोस्रो मिस्टर कञ्जनजंघा बडी विल्डिङ च्याम्पियनसीप प्रतियोगिताको मिति जेठ २५ र २६ गते हुने तय भएको छ ।

झापाको बिर्तामोडमा आज पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता आयोजक संस्था बडि ग्यारेज बिर्तामोडले प्रतियोगिताको मिति सरेर जेठ २५ र २६ गते हुने भएको छ । बडी ग्यारेजका अध्यक्ष अर्जुनकुमार मैनालीले जेठ १२ र १३ गते हुने भनिएको प्रतियोगिता सरेको छ ।

आयोजकका अनुसार २५ गते छनोट चरण र २६ गते फाइनल राउण्डको प्रतियोगिता हुने छ । प्रतियोगिताका लागि धेरै खेलाडीले तयारी गरिरहेको र मितिबारे अन्योल सिर्जना भएको अवस्थामा आयोजकले प्रतियोगिताको मिति सरेको र प्रतियोगिता नयाँ तालिका अनुसार हुने जनाएको हो ।

प्रतियोगितामा प्रवेशका लागि यस पटक टोकन र पास सिस्टम लागू गरिने आईएफबीबीएफका केन्द्रीय सदस्य दिपेश चौधरीले बताउनुभयो । अघिल्लो पटक प्रतियोगिताका दौरान केही समस्या देखिएकाले यस पटक पास सिस्टम लागू गर्न लागिएको उहाँको भनाइ छ ।

प्रतियोगिताका नयाँ मिति तय भएसँगै प्रतियोगिताको तयारी तीव्र पारिएको छ । आयोजक समितिका संयोजक तथा बडी ग्यारेज बिर्तामोडका सञ्चालक राम दाहालले प्रतियोगिता पहिलो सिजन भन्दा उत्कृष्ट बनाउने उद्देश्यका साथ काम गरिरहेको बताउनुभयो ।

प्रतियोगितामा ५५, ६०, ६५, ७० र ७५ केजी तौल समूहमा प्रतिष्पर्धा हुने छ । प्रतियोगितामा प्रथम हुनेले ३ लाख ११ हजार १११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजक समितिका अध्यक्ष मैनालीले जानकारी दिनुभयो ।

यस्तै, दोस्रो हुनेले दुई लाख ५० हजार, तेस्रो हुनेले १ लाख ५० हजार, चौथो हुनेले १ लाख र पाँचौं हुनेले ७५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । मिस्टर कञ्चनजंघा बडी बिल्डिङ च्याम्पियनसिप काठमाडौं पछिको सर्वाधिक राशीको प्रतियोगिता रहेको आयोजकको दाबी छ ।

प्रकाशित मिति : जेष्ठ ७, २०८० आईतबार  ८ : २५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]