जेष्ठ ३, २०८१ बिहीबार

आजदेखि अर्जुनधारामा क्लव स्तरीय फुटबल हुने

शनिश्चरे । अर्जुनधारा नगरपालिका – ८ स्थित हात्तीकिल्ला फुटबल क्लबको आयोजनामा आजदेखि १५ गतेसम्म प्रथम क्लब स्तरीय यू –१८ फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।

क्लबद्वारा मंगलबार स्थानीय चन्द्रोदय प्राथमिक बिद्यालयको प्राङ्गणमा आयोजित पत्रकार सम्मेलन मार्फत क्लबका सचिव विष्णु श्रेष्ठले फुटवल प्रतियोगिताबारे जानकारी गराएका हुन् । श्रेष्ठका अनुसार खेलकुद नागरिकको मौलिक अधिकार, सम्बृद्धिका लागि जनस्वास्थ्य हाम्रो सरोकार भन्ने उद्धेश्यले फुटबल प्रतियोगिता सञ्चालन गरिन लागेको हो । प्रतियोगिता सम्पन्न गर्नका लागि २ लाख ५० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको श्रेष्ठले बताए ।

प्रतियोगितामा आयोजक टिमसहित मैदान फुटबल क्लब बिर्तामोड, जयपुर फुटबल क्लब, न्यू स्टार खोपबारी , बिर्तामोड फुटबल ट्रेनिङ सेन्टर, न्यू स्टार बुद्धशान्ति, शनिश्चरे फुटबल क्लब र गरामनी फुटबल क्लब सहभागी हुने छन् । फुटबल प्रतियोगितामा प्रथम हुने विजेता टिमलाई ट्रफीसहित नगद २५ हजार रुपैयाँ र उपविजेतालाई ट्रफी र नगद १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने बताइएको छ ।

प्रतियोगिता १० गते देखि चन्द्रोदय प्राविको खेलमैदानमा आयोजना गरिनेछ । १२ र १३ गते सेमिफाइनल र १५ गते फाइनल खेल हुने आयोजकले जनाएको छ । हात्तीकिल्ला फुटबल क्लबका अध्यक्ष कुमार कार्कीको सभापतित्व र सदस्य राजेश गिरीको सञ्चालन रहेको पत्रकार सम्मेलनमा नगर परिषद सदस्य ऋषि घिमिरेले खेल स्वास्थ्य र राष्ट्रका लागि महत्वपूर्ण भएको बताउँदै फुटबल प्रतियोगिताले भविष्यमा राष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन गर्न सक्ने विश्वास व्यक्त गरे । अर्जुनधारा प्रेस क्लबका अध्यक्ष रमेश समदर्शीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा हात्तीकिल्ला फुटबल क्लबका उपाध्यक्ष हिमाल पुरी लगायत खेलप्रेमीहरुको उपस्थिति रहेको थियो ।
आज आयोजक हात्तीकिल्ला फुटबल क्लब र मैदान फुटबल क्लब विर्तामोडबीच प्रतिस्पर्धा हुने बताइएको छ ।

प्रकाशित मिति : जेष्ठ १०, २०८० बुधबार  ७ : २० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]