जेष्ठ २७, २०८० शनिबार

बुधबारे हटियाको भवन निर्माणमा ढिलाई गर्न दिदैंनौं : नेता खरेल

बिर्तामोड । नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री अग्नी खरेलले बिर्तामोडको बुधबारे हटिया निर्माणमा सबैको एकता जरुरी रहेको बताएका छन् । उनले एकताबाटै विकास निर्माण संभव हुने बताए ।

बिर्तामोड–५ मा रहेको उक्त बुधबारे हटिया (देवी हाट) मा नगरपालिकाले सोमवार संरचना खाली खराएको छ । पटक–पटक सूचना जारी गर्दा पनि व्यापारीले ठाउँ नछोडेपछि डोजरको प्रयोग गरिएको थियो । नगरको स्वामित्वमा रहेको उक्त जमिन स्वर्गीय देविप्रसाद प्रसाईले दान गरेका हुन् ।

जमिनको संरक्षण र नयाँ भवन निर्माणका लागि नगरपालिकाले सुरु गरेको अभियान व्यवसायिको हितमै रहेको नेता खरेलको भनाई छ । उनले भने, नयाँ बन्ने भवन व्यवसायी कै निमित्त भएकाले आपत्ति जनाउन हुदैन । धैर्यताले मात्रै विकास हुने हो ।

उक्त स्थानमा नगर विकास कोषले ९० प्रतिशत लगानी गर्ने प्रतिवद्धता जनाइसकेको छ । पूर्व मन्त्री खरेलले बुधबारे हटिया निर्माणको लागि नगरपालिकालाई आवश्यक सहयोग गर्ने प्रतिक्रिया दिएका छन् । भवन निर्माणमा ढिलाई हुदैन, कोषसँग आवश्यक समन्वय हुन्छ – उनले थपे । कोषसँग आवश्यक समन्वय गरेर भवन निर्माणमा ढिलाई गर्न नदिने खरेलको भनाई छ ।

बुधबारे हटियाका सन्दर्भमा दलहरुबीच भएको सहमति कार्यन्वयन गरेकोमा नगरपालिकालाई धन्यवाद दिदैं उनले भने – अब व्यवसायीको निमित्त भवन निर्माणमा योगदान गरौं । दलहरुबीचको छेडछाड बन्द गर्नु सबैका लागि हित हुन्छ । बुधबारे हटियामा निर्माण हुने नयाँ व्यापारिक भवनले समग्र बिर्तामोडलाई फाइदा पुग्ने उनको धारणा छ ।

प्रकाशित मिति : जेष्ठ १०, २०८० बुधबार  ८ : १५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास

इजलास मिडिया प्रा. लि. द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सम्पादक : छेत्रलाल राजवंशी
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६३५०२८