चैत्र १५, २०८० बिहीबार

अलैंची खेतीको संभावना र चुनौती बारे छलफल

बिर्तामोड । नेपाल अलैंची व्यवसायी महासंघसँग काभ्रे जिल्लास्थित पनौती नगरपालिकाका जनप्रतिनिधि र किसानले अलैंची खेतीको संभावनाका बारेमा आज बिर्तामोडमा छलफल गरेका छन् ।

अलैंची खेतीको संभावना र चुनौतिका बारेमा भएको छलफलमा पनौतीबाट आएका प्रतिनिधिले अध्ययन, भ्रमणको अनुभव समेत सुनाएका छन् । उनीहरुले कात्तिक २१ देखि भारत र भुटानको सिमामा पाइने तोदे जातको अलैंचीको अध्ययन भ्रमण सकेर फर्कने क्रममा महासंघका प्रतिनिधिसँग छलफल गरेका हुन् ।

पनौती नगरपालिका–१ का वडाध्यक्ष एवम् भ्रमण टोलीका संयोजक गुणराज सापकोटाले आफ्नो स्थानीयमा अलैंची खेती विस्तारका लागि भ्रमण मार्फत अध्ययनमा गएको जानकारी दिए । उनले पनौतिम मासु, अण्डा र दुधमा आत्मनिर्भर रहेको भन्दै अलैंचीको व्यापाक विस्तारका लागि प्रयत्नशिल रहेको बताए । उनका अनुसार अहिले पनि पनौतिमा अलैंची बाली लगाइने गरिएको छ । किसानले उन्नत जातको अलैंची फलाउन नसक्दा विस्तारै अलैंची नै मासिने जोखिम बढेकोले अध्ययन थालेको धारणा राखेका छन् । राम्रो जातको अलैंची रोपेर गुणस्तरीय उत्पादन गर्न किसानलाई उत्प्ररित गर्ने उनको भनाई छ । भ्रमणको क्रममा तोदे जातको अलैंचीको विउ ल्याइएको समेत जानकारी दिए ।

यस्तै, अलैंची विकास केन्द्रका बरिष्ठ अधिकृत पदम अधिकारीले पनाती नगरपालिका अलैंचीको लागि राम्रो हावा पानी रहे पनि चाहे जस्तो उत्पादन गर्न नसकेको बताएका छन् । राम्रो उत्पादनका लागि राम्रो विउ समेत नरहेकोले आगामी दिनमा किसानलाई अलैंची उत्पादन बारे सहजीकरण समेत गर्ने बताए । तोदे जातको अलैंची लगाउने तयारी भएको छ, अधिकारीले भने – किसानलाई त्यसका लागि आवश्यक सहयोग गरिनेछ ।

पनौतीका प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद चापागाईंले स्थानीय सरकार अलैंची उत्पादनमा किसानलाई सहयोग गर्न तयार रहेको जानकारी दिए । उनले गुणस्तरीय उत्पादन गर्न किसानलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् । किसान कै कारण उत्पादन घट्दै गएको बताउँदै उनले अध्ययनपछि मात्र लगानी गर्ने भनि भ्रमणमा आएको बताए । अलैंचीको बजार भारत रहेको बताउँदै उनले निकासीको व्यवस्थापन राम्रो बनाउनु पर्ने बताएका छन् ।

छलफलमा महासंघका निवर्तमान अध्यक्ष निर्मल भट्टराईले काभ्रेको अलैंची गुणस्तरहीन भएकोले गुणस्तरीयतामा सुधार गर्नुपर्ने सूझाव दिएका छन् । त्यहाँका किसानको लापरवाही छ, भट्टराईले भने– भट्टी नलगाई र प्रशोधन नगरी अलैंची गुणस्तरीय बनाउन सकिदैन । काभ्रेमा यो काम भइरहेको पाइदैन । उनले नेपाली अलैंचीको व्यापारमा धेरै चुनौति भएकाले गुणस्तरीय उत्पादनमा कुनै सम्झौता नगर्न आग्रह समेत गरेका छन् । हामी विश्व बजारमा अलैंची पु¥याउन प्रयत्न गरिरहेका छौं, त्यसका लागि गुणस्तरीय अलैंची चाहिन्छ– भट्टराईले थपे ।

महासंघका महासचिव सुवास भट्टराईले काभ्रेको अलैंची खेतीका लागि आवश्यक सहयोग गर्न तयार रहेको बताए । उनले नेपाली किसान, व्यवसायी र व्यवसाय नै बचाउने गरी काम गर्नुपर्ने बताएका छन् ।

व्यवसायीका अनुसार तोदे जातको अलैंची अहिलेको सबैभन्दा महंगो मुल्यमा बिक्रि हुने अलैची हो । यसको नेपालका उत्पादन गर्न सबै क्षेत्रले चासो दिनुपर्ने बताइएको छ ।

प्रकाशित मिति : कार्तिक २३, २०७६ शनिबार  १ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]