चैत्र १५, २०८० बिहीबार

‘अब कनकाई क्याम्पसको विवाद क्याम्पससभाले टुङ्ग्याउँछ’

झापाको कनकाई नगरपालिका रहेको कनकाई बहुमुखी क्याम्पसमा केहि समयदेखि विवाद भइरहेको छ । क्याम्पस सञ्चालक समिति, प्राध्यापक र विधार्थी विच नै चरम विवाद रहेपछि पठनपाठन पनि प्रभावित छ । बाहिरबाट हेर्दा देखिएको विवादीत क्याम्पसमा वास्तवमा के भएको हो ? क्याम्पसभित्रको विवादले आम नागरिक , सरोकारवाला चिन्तित छन् । यसै सन्दर्भमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्रकास चुडालसँग हाम्रा संवाददाता सिएम शर्माले गरेको कुराकानी :

१, क्याम्पसको वास्तविक समस्या के हो ?
क्याम्पस संचालनमा अवरोध भएसंगै एकजना प्राध्यापकको निष्कासनको विषय क्याम्पसमा मुल समस्याको रुपमा आएपनि अलि कति पृष्ठभूमि जोड्न चाहान्छु । प्राध्यापक हरि तिम्सिनालाई अनुशासन मर्यादा विपरीत काम गरेको कारण निजलाई निष्काशन गरियो । त्यो दिनको मितिबाट । तर जुन गतिविधिहरु विगत अठार महिना म क्याम्पस जाँदै गर्दाको समयदेखि उहाँले गर्दै हुनुहुन्थ्यो उहाँलाई मैले पटक पटक आग्रह गरेको छु । विनम्रता पूर्वक सर यस्तो हो कुरा , तपाईंको बिचमा त्यो खालको कुरा बाहिर आएको छ । तपाई बिद्यार्थीलाई प्रशासन घेराउ गर्न पठाउनु हुन्छ ।

हामी बिद्यार्थीलाई सवारी साधनमा टाढाबाट तेल खर्च गरेर लिएर आउछौ । तपाई प्राध्यापक संघको नाममा बैठक जोडि दिनुहुन्छ । बिद्यार्थीहरु अलपत्र पर्छन् । कम्तीमा अब यो बैठकहरुलाई पनि दुई तीन घण्टी पछि लगेर राखिने होकी, दिउँसो गर्ने होकी , यसलाई समायोजन गर्नुहोस् । हामी भन्छौ उहाँ चै के छ भने क्याम्पस प्रमुख भन्दा माथि गएर कक्षा कोठामा गएर ए भाइ बहिनी हो तपाई हरुलाई भोलि कक्षा संचालन नहुने कुरा जानकारी गराउछु । भोलि पठन पाठन हँुदैन जस्ता विविध गतिविधि गर्ने , राम्रा प्राध्यापकहरु आउन नदिने , भित्र भएका कुराहरुको बाहिर अर्कै प्रकारले हुईयाँ ल्याउने र राम्रा प्राध्यापकहरु आउन नदिने , उहाँको एकदम गुरुयोजना नै त्यहि देखिन्छ ।

बिगत लामो समय देखि ब्यवस्थापन समितिमा जाने आदरणीय अग्रजहरुबाट प्रष्ट रुपमा कुराकानी भएको छ । उहाँहरुको भेटघाटमा हरेक पटक हरि सरले नै राम्रा प्राध्यापक आउन दिनुहुँदैन भन्ने कुरा आउछ । कसरी ? भन्दा क्याम्पसमा तलव नै पाइदैन । यस्तो भ्रमात्मक प्रचारहरु गरिदिनु हुन्छ । यस्ता खालका क्याम्पसलाई नै अहित हुने खालका गतिविधि जुन उहाँबाट भएको छ । यसमा हामी अझै पनि दुखी छौं । धेरै प्राध्यापकहरुलाई तोडमोड गरिदिने अनि प्रथम श्रेणीको बिद्यार्थीलाई पहिलो प्राथमिकता अथवा एम फिललाई विना अन्तर्वार्ता , पिएचडीलाई स्वतः स्थाई भन्ने जुन खालको हाम्रो नारा छ , हामीले जुन बिधानमा ल्याउदै छौ । त्यो खालको प्रकृयाबाट राम्रो शिक्षकहरु ल्याएर गुणस्तरीय शिक्षा पठनपाठन गराउने कुरामा हामी अहोरात्र खटेका छौ ।

तर यहाँ स्वयं हरि सर नै बिद्यालयका साथीहरूलाई गएर के भनी रहनु हुन्छ भने यो त त्रि.वि. को बिधानबाट बाहिर गयो । त्रि.वि.मा न्यूनतम दोस्रो श्रेणी भए हुने भनेर लेखिएको छ । हाम्रो क्याम्पसमा हाम्रो अध्यक्षलाई चै प्रथम श्रेणी किन चाहियो ? त्यो एउटा मुद्दा बनाई दिनुभयो , शिक्षक साथीहरूको बिचमा एकखालको तानाबाना बुनिदिनुभयो । हिजो अस्ति भर्खरै मात्रै अंग्रेजी शिक्षक मागेका थियौ । अंग्रेजीको बिज्ञापन खुलाई रहँदा न्यूनतम प्रथम श्रेणीमा हुनुपर्ने छ । हामीले माग्यौ , जो अहिलेको लागि हामीलाई चाहिएको छ । अब प्रथम श्रेणीमा मागिरहँदा थुप्रै शिक्षक साथीहरूलाई फोन गरेर मलाई अवरोध गरिदिनु भयो ।

त्रि.वि.मा दोस्रो श्रेणीमा हुन्छ तपाईलाई किन प्रथम , नगरपालिकामा मुद्दा हालिदिन्छु जस्तो खालको । तर उहाँहरुले नबुझेको कुरा वा मैले नबुझेको कुरा हो , त्यो म बुझ्न सक्दिन । म के भन्छु भने त्रि.वि. ले न्यूनतम दोस्रो श्रेणी हुनुपर्नेछ भनी लेखिरहँदा केहि पाएनौं , प्रथम , डिग्री पाएनौं , एम फिल पाएनौं भने चै दोस्रो श्रेणी भए पनि ल्याएर चलाउँ है भनेर भनेको होला । मेरो आशयले म बुझ्छु ।

तर यहाँ विगत लामो समय देखि प्राध्यापक , उपप्राध्यापक , सहप्राध्यापकको नाममा सरकारी बिद्यालयको शिक्षक , मा.वि.को शिक्षक अनि डिग्री पढाउने शिक्षक साथीहरूको दिमाग चै होइन । यो त दोस्रो श्रेणीले लडाइँ गरेर लिनुपर्ने अनि राजनीति माहोल बनाएर जागिर आफैले खानुपर्ने , प्रथम श्रेणी वाला , पिएचडी वाला एम फिलहरु विदेश जानुपर्ने आशय र अभिब्यक्ति म माथि प्रहार हुन्छन् । जो यो म बाट हुदैन । म बाट क्याम्पसमा शिक्षकहरुको पद पूर्ति गरिरहँदा न्यूनतम प्रथम श्रेणी हुनुपर्छ ।

अधिकतमको कुरा रहेन । यस मान्यतालाई लिएर जाँदा प्रथम श्रेणी पनि भेटिएन भने दोस्रो श्रेणीको कुरा दोस्रोपटक तेस्रोपटक सूचना जारि गरेर ल्याउने कुरा पनि छदै छ । यसलाई तपाईंको संचार माध्यमबाट सार्वजनिक सूचनाकै रुपमा राखिदिन पनि म अनुरोध गर्दछु । यसरी शैक्षिक गुणस्तरलाई कसरी अभिवृद्धि गराउने भन्ने कुरा हो । क्याम्पसमा गुणस्तरीय शिक्षा कसरी दिन सकिन्छ भन्ने बिचको हाम्रो लडाइँ हो । गुणस्तरीय शिक्षा प्रदान नगरिकन बिद्यार्थीको भविष्य उज्जवल छैन । त्यस कारण अभिवृद्धिमा लागेको सञ्चालक समितिको बिचमा बाधा उत्पन्न हुने कृयाकलापहरु आएको कारणबाट क्याम्पसमा समस्या उत्पन्न भएको हो ।
२, अब समाधान कसरी हुन्छ ? समाधानको लागि के प्रयत्न गर्नु हुदैछ ?
प्राध्यापकको लामो योगदान यो वा त्यो भन्नू भन्दा पनि यसको खास समाधान भनेको अहिले जुन हामी क्युइए मापदण्डको लागि क्याम्पस अगाडि बढाइरहेको छौ । क्युइए प्राप्तिका लागि सरकारी सेवा सुविधा लिएर सरकारी शैक्षिक क्षेत्रहरुमा काम गर्ने शिक्षकहरु नराख्नु भन्ने नै मान्यताबाट एक खालको योजना बनेर आइ सकेको छ । त्यस कारण यो कुरालाई हामीले लागू गर्दै जाने क्रममा यस्तो भएको हो ।

समाधानको कुरामा प्रत्यक्ष रुपमा क्याम्पसमा सरोकार राख्ने क्याम्पसको विधिविधान नियमावलीले आफ्नो पाटो रह्यो । अब यो सबै कुराहरु सँग तालमेल मिलाउने कुरामा माथि क्युइएको कुराहरु तालमेल नमिल्न सक्छ । क्युइए प्राप्त गर्दै जाँदा खेरिको योजना के छ भने सामुदायिक क्याम्पसमा पठनपाठन गराउने प्राध्यापकहरु विशुद्ध सामुदायिक क्याम्पसको मात्र रहनु पर्दछ । ताकि बाहिर सरकारीमा पढाउने कुनै पनि शिक्षक हुनु हुदैन भन्ने मान्यता रहेको छ ।
हामीसँग प्रशस्त समाधानका बाटाहरु छन ।

बार्ता र सहमतिबाट जाने एउटा कुरा रहयो । वार्ता र सहमतिबाट जादै गर्दा विधि र विधानलाई टेकेर गर्ने कुरा अर्को कुरा भो । अन्तिम अन्तिम चरण तिर आउदै गर्दा आन्दोलनका चरणहरु कस्ता प्रकारका रहे ? कस्तो रहयो ? सर्व विधितै छ । एउटा नैसर्गिक अधिकारका लागि , अधिकार प्राप्तिका लागि लड्ने कुरा के के बैधानिक आधारहरु हुन सक्छ ? के के अबैधानिक पाटाहरु हुन सक्छन ? राम्रोसँग मुल्यांकन गरेर आन्दोलनरत पक्षले बुझिदिनु पथ्र्याे । कालो झण्डा गाडि दिनु भयो , पुत्ला जलाई दिनुभयो , ताला बन्दी गरिदिनुभयो स्वभावैले यो विगत लामो परम्परा हाम्रो कायमै छ । यद्यपि अन्तिम तहसम्म आउदा कालो मसोनै दल्ने खालको एउटा घृणित , अमानवीय र अभद्र ब्यवहारबाट चै म अलिकति पीडित छु । जो एउटा अन्तराष्ट्रिय मान्यतामा के भन्छ , कस्ता मान्छेलाई कालो लगाईन्छ , आज म कुन प्रकारको मान्छे थिए । सुरुङ्गामा सारा मान्छेहरुको भावना बुझिरहँदा हुन्छ ।

यहाँका मानिसहरु के भनिरहेका छन् । यो सुरुङ्गामा जुन सामाजिक काम गरे आज ४८ बर्षको उमेर सम्म आईपुग्दा म १४ बर्ष देखि यो ठाउँमा लोकल राजनीतिमा, लोकल सामाजिक भावनामा कुदेको मान्छे हु । आज क्याम्पसको अध्यक्ष भइरहँदा म हिजो थिईन र भोलि रहन्न, आज छु आजै गर्छु , राम्रो काम गर्छु । शैक्षिक संस्थालाई सुधार गरेर ल्याउनु पर्छ भनेर अगाडि बढिरहेको मान्छेलाई मलाई अकस्मात आन्दोलनको नाममा कालो मसो दलीयो , दल्ने साथीहरूको बिचमा पनि मैले आग्रह गरेको छु । अब यो राम्रो काम त भएन । अहिलेसम्म उहाँहरुबाट कुनै सहानुभूति पनि पाएको छैन । दल्ने दलीए जस्ले खटाएर पठाएको छ , जसले नस्ता सेवन गराएर पठाएको छ । बिद्यार्थीहरुमा भड्काउ गराएको छ ।

पाँच जना पूर्व विद्यार्थीको नामबाट दसौं बर्ष देखि क्याम्पसमा राजनीति गर्दै आउनु भएको छ । यो कतिको वैधानिक हो ? कतिको विधिवत छ ? उहाँहरुको विरुद्धमा मैले जाहेरी हालेको छु नेपाल सरकारमा । जाहेरी परिसकेपछि पुलिस प्रसाशन लागेको छ । अब उहाँहरुलाई धर पकड गरिनु परो , कानुनी कठ्घरामा ल्याइनु परो । राज्य यदि छ भने कि मैले न्याय पाउनु परो कि उहाँहरुले पाउनु परो । उहाँहरुले उचित गरेको भए मलाई कठघरामा उभ्याउनु परो होइन भने उहाँहरुलाई उभ्याउन पर्यो । तत् पश्चात् हामी क्याम्पसको एक खालको विधि विधान मिलाउने कुरामा छौ । क्याम्पससभा मार्फत यसको निकास खोज्ने छौ । निकट भविष्यमै क्याम्पस सभा हुन लागिरहेको म यहाँहरुलाई जानकारी गराउछु र क्याम्पस सभाले नै यसको सबै समस्या हल गरेर आउछ । हाललाइ शुक्रबारबाट पठन पाठन सुचारु भइ सकेको छ ।
३, आन्दोलित प्राध्यापक पठनपाठनमा जानुभयो ?
आन्दोलित शिक्षकहरुको बिचमा पनि एकमत छैन । अहिले अन्तिम अन्तिम समयमा आएपछि आन्दोलनले सिमा नाघेको बुझेपछि अब यसरी हुदैन । हामी जे कामको लागि आएका हौ, त्यो काम हामीले गर्नुपर्छ । अब भड्काउमा लागि , वर्गीय स्वार्थमा लागि पठनपाठन गर्ने शैक्षिक थलोलाई बिगार्नु हुदैन भनेर प्राध्यापकहरुबाट पनि केही केही कुरा सुन्नमा आएको छ । खुशी लागेको छ । उहाँहरु कक्षा लिने कुरामा जाँदै हुनुहुन्छ । आफु बिचमा सरसल्लाह गर्दै हुनुहुन्छ र निकास उहाँहरुले नै हामीलाई दिनुहुने छ, बिश्वास छ ।

४, प्राध्यापकलाई बिनाकारण निकालिएको भन्ने चर्चा छ , वास्तविकता के हो ?
कसैलाई पनि बिनाकारण निकाल्ने भन्ने कुरा आउदैन । हाम्रो क्याम्पसको सन्दर्भमा भन्नू पर्दा जुन उल्झन भएको समस्या छ त्यो समस्या निम्त्याउने र अवकाश प्राप्त हाम्रा आदरणीय गुरु हरि प्रसाद तिम्सिना ज्युबाट क्याम्पसको विधि बिधान भन्दा आफुलाई माथि सम्झेर त्यसलाई अवहेलना गरेको पाइयो । संचालक समिति , प्रशासनलाई अटेर गरेको अवस्था पाइयो । यी सबै कुरा प्राध्यापकको आचार संहिता भित्र रहेर जो कुराहरु गर्नु पथ्र्यो , त्यो कुरा नपाएको कारण र उहाँ एउटा करार सेवामा रहेको प्राध्यापक र करार पनि विगत तीन चार बर्ष देखि नवीकरण देखिदैन । यो बर्ष नवीकरण नगरेर उहाँलाई अवकास दिएको हो ।

५, तपाईंले क्याम्पसमा राजनीति गरेको आरोप लागो नि ?
मलाई थाहा छैन । म राजनीति गरिरहेको भए मेरो राजनीति क्षेत्र बाहिर छ । मैले राजनीतिलाई जुन बेला सहमतिमा गयौं क्याम्पसको गेटबाट भित्र राजनीति हुल्दिन भनेर गयौं । आजसम्म त्यहि अडानमा छु । म स्वभावैले क्याम्पसको अध्यक्ष हु । मैले दिन दैनिकी कामको शिलशिलाले जानु पर्छ । तर जो साथीहरूले यो आरोप लगाउँदै हुनुहुन्छ क्याम्पसको सिसि फुटेजमा हेरे हुन्छ । क्याम्पसमा कुन प्रकारका कार्यकर्ताहरु प्राङ्गणमा विगत तीन बर्ष देखि देखिन्छन् । कुनै एउटा दलको भगिनी संगठनको धेरै बाहिरी हस्तक्षेप त छदैछ । साथ साथै यहाँ त के छ भने संगठनको हिसाबले , पार्टीको हिसाबले , पार्टीकै सभापतिहरूको विना कारण उपस्थिति भएको सिसि फुटेजमा देख्न सकिन्छ । त्यसले पनि के बताउछ भने राजनीति कसले गरिरहेको छ र समितिलाई उल्झन कस्ले बनाई रहेको छ, सिसि फुटेजमा खोजे हुन्छ ।

६, लामो योगदान गरेको प्राध्यापकलाई निस्कासन गर्दा अन्याय भएन र ?
स्वभावैले यो के छ भने न्याय र अन्याय मानिसले लिने कुराहरु हुन् । ठान्दै गइयो भने ठानिन्छ , मान्दै गइयो भने मानिन्छ । यसलाई अन्याय नमानेर आफु एउटा करार सेवामा यो ठाउँमा आएको थिए । संचालक समितिलाई मैले बिघ्न बाधा गरेछु । मैले गर्दा क्याम्पसमा यो खालको काम भएछ भनेर यतिका प्राध्यापकले कमसेकम भलाकुसारी गरेर ल मेरो त अरु ठाउँ पनि छ । साथीहरू गरिलिनु होला है भनेर जादा राम्रो हुन्थ्यो । हामीले उहाँलाई अमर्यादित हिसाबले गरेकै छैन । उहाँले पाउनु पर्ने सेवा सुविधा सबै दिएर अवकाश पत्र दियौं ।

जो नियमित प्रकृया भित्र पर्छ । यो दिने कुरा त चालिसै बर्ष , पच्चीसै बर्ष जागिर खाएर होस जेजे भएपनि जागिरको सन्दर्भमा माया ममता जोडिनु अनि छुट्दै गर्दा एकखालको भावनामा चोट आउनु मानवीय स्वभाव , गुणका कुरा रहे । त्यसकारण पनि यो लामो समयसम्म काम गरेको मान्छेलाई अपर्झट निकाल्ने भन्ने कुरा यदि लागु नै नगर्ने हो भने त कोहि पनि कुनै पनि संघसंस्थामा काहीँबाट पनि छुट्न नपाउने भयो । यस्तो माया भावनाका कुरा रहँदैन । यो चै बोल्नका लागि र सन्दर्भ मिलाएर गरिएका कुराहरू हुन जस्तो मलाई लाग्छ ।

७, तलव माग्दा जागिरबाट निस्कासन गरियो भन्ने पनि छ नि ?
यो प्रश्नमा मलाई बढा घत पनि लाग्यो । मलाई लाग्छ चार पाँच दिन अघि कुन दिनको एक दैनिक पत्रिकामा एउटा सार संक्षेपमा समाचार आएको थियोे । मैले त्यहाँ पढेको थिए , तलव उसैबेला मेरो बैंकको खातामा हालिएको रहेछ । बल्ल अहिले पो थाहा पाए । उपप्राध्यापक तिम्सिनाको हवला दिदै लेखिएको कुरा मैले पढेको छु । त्यसो हुँदा त्यहिबाट पनि पुष्टि हुन्छ । उहाँले त्यो कुरा बोली सक्नु भएको छ । नबुझीकन लडाइँ लाइदिएको मात्रै हो ।

८, क्याम्पसको घटनाको बिषयमा आम नागरिकसँग के अपिल गर्नु हुन्छ ?
यो क्याम्पस कनकाईबासी, तत्कालीन सुरुङ्गाबासी शिक्षा प्रेमी थुप्रै अग्रजहरु , आदरणीय ब्यक्तित्वहरु , समाजसेवीबाट चन्दा संकलन गरेर । तन , मन ,धन र कर्मबाट योगदान पुर्याएर क्याम्पस स्थापना गरिएको हो । अझ पनि थुप्रै संस्थापकहरु जिवितै हुनुहुन्छ । उहाँहरुसँग पनि हामी सरोकार राख्ने छौ । चन्दा दाता र सरोकारवालाको बिचमा सबैलाई म तपाईंको संचार माध्यमबाट के आग्रह गर्न चहान्छु भने सबै युवा साथीहरू ,सबै बृद्ध आदरणीय अग्रज , राजनीतिक दलहरु , पत्रकार , बिद्यार्थी भाइ बहिनीहरु , प्राध्यापकहरु , शिक्षकहरु सबै सरोकारवाला हामी जतिपनि छौ , सबैले सकरात्मक भुमिका निर्वाह गरि दिएर पठन पाठनलाइ सुचारु गरि अवरोध हटाउन सहयोगको अपेक्षा गर्दछु ।

प्रकाशित मिति : कार्तिक २४, २०७६ आईतबार  ११ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]