जेष्ठ ३, २०८२ शुक्रबार

बचतको सुरक्षा गरिदेऊ

सम्पादकीय
देशभर सहकारी संस्थाहरुका सञ्चालक र कर्मचारीहरु पक्राउ परिरहेको समाचार आइरहेका छन् । बिहीवार मात्रै काठमाडौंमा सहकारी सदस्यको बचत रकम ठगी गरेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । सहकारीको वेथितीबाट सिर्जित समस्याहरुको समाचार हरेक दिन आइरहनु दुखद् छ । सर्वसाधारण नागरिकको पहुँचमा हुने एक मात्र वित्तिय संस्था सहकारीमा यस प्रकारको समस्या आइपर्नु विडम्बना छ । यसको दोष सञ्चालकहरुले लिनैपर्छ । सञ्चालकहरुको मनोमानी र कर्मचारीको कमजोरीले सहकारीहरु समस्यमा पर्दै गएका छन् ।

सहकारी क्षेत्रमा समस्या बढ्दै गइरहेको बेला झापामा अभियान्ताहरुले यथार्य प्रष्टाएका छन् । सहकारी क्षेत्रको वर्तमान अवस्था, समस्या, संभावना र चुनौतिका बारेमा खुलस्त पारेका सहकारी अभियान्ताले समस्यामा रहेको स्वीकार गरेका छन् । सहकारी क्षेत्र समस्यामा रहेको र समस्याबाट जोगाउन भूमिका खोजेका छन् । अभियान्ताहरुले अब सहकारीभित्रको वेथितीलाई सुधार गर्नैपर्छ । सबै सहकारी समस्यामा छैनन् । र, सबै सहकारीहरु वेथितीमा छन् भन्ने होइन । धेरै जसो सहकारीहरु आफ्नै व्यवस्थापनको कमजोरीले सदस्यहरुबाट जोगिनुपर्ने अवस्था आइपरेको छ ।

झापाको एक सहकारी सञ्चालकले कर्जा प्रदान गर्दा जमिन व्यक्तिगत नाममा राजीनामा पास गराए । कतिपय सञ्चालकहरुले विभिन्न व्यक्ति उभ्याएर कर्जा लिएका छन् । संस्थाको ठुलो पैसा आफ्नो व्यवसायमा लगानी गरेको गुनासो पनि उस्तै छ । कतिपय सहकारीहरु कार्यालय बन्द गरेर बसेका छन् भने कतिपय सहकारीहरु कार्यालय खुल्ला गरे पनि सदस्यको रकम फिर्ता गर्न सकेका छैनन् । एकातिर तरलता, आर्थिक मन्दीको समस्या भोगिरहेका सहकारीहरु सञ्चालककै मनोमानीबाट पनि पीडित छन् । जसका कारण सदस्यको बचत रकम असुरक्षित छ । सबैखाले समस्याहरुको समाधान गर्दै सदस्यको बचत सुरक्षामा विशेष ध्यान दिऊ ।

प्रकाशित मिति : जेष्ठ १९, २०८० शुक्रबार  ९ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]