चैत्र १५, २०८० बिहीबार

झापामा नागरिकता विधेयक प्रमाणिकरण खोरजीको माग

बिर्तामोड । नागरिकता विधेयक प्रमाणिकरणको विरोधमा झापाका युवा विद्यार्थीले विरोध जनाएका छन् । बिहीवार साँझ बिर्तामोडको मुक्तिचोकमा राँके जुलुससहित युवा विद्यार्थीले विरोध गरेका हुन् ।

अनेरास्ववियु झापा र राष्ट्रिय युवा संघ झापाको आयोजनामा विरोध र्याली सम्पन्न गरिएको थियो । नागरिकता विधेयक खारेजीको माग गर्दै विद्यार्थीहरुले नारावाजी गरेका थिए । युवा, विद्यार्थीले प्रधानमन्त्रीको भारत भ्रमण कै दिन नागरिकता विधेयक प्रमाणिकरण हुनुले शंका पैदा गरेको बताए ।

अनेरास्ववियु झापाका अध्यक्ष रोशन लामाले नेपाली महिलालाई दोस्रो दर्जामा राख्ने गरी नागरिकता विधेयक प्रमाणिकरण गरिएको दावी गरेका छन् । उनले तत्काल विधेयक खारेज गरेर संसदमा लैजानुपर्ने धारणा राखे । अध्यक्ष लामाले नयाँ र वैकल्पिक शक्तिको मुल्याङकन गर्ने सहि बेला पनि यहि भएको प्रतिक्रिया दिएका छन् ।

कोणसभामा बोल्दै युवा संघका जिल्ला संयोजक फुर्वा लामाले अहिलेको सत्ता जनताको हितमा नरहेको बताए । उनले तत्काल सरकारले गलत कदम सुधार नगरे परिणाम दुखद् हुने चेतावनी दिए ।

प्रकाशित मिति : जेष्ठ १९, २०८० शुक्रबार  १० : १७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]