चैत्र १६, २०८० शुक्रबार

ए डिभिजन लिग फुटबलः आज चार खेल हुदैँ

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज चार खेल हुदैँछन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार दशरथ रंगशालामा दुईवटा खेल हुनेछन भने एन्फा कम्प्लेक्स र च्यासल मैदानमा एक–एक खेल हुनेछन ।

एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा खुमलटार र संकटा क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ ।

उता, दिउँसो ३ बजे नै च्यासल मैदान, ललितपुरमामा नेपाल पुलिस क्लब र मच्छिन्द्र फुटबल क्लबका बिचमा भिडन्त हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा न्युरोड टिम र हिमालयन शेर्पा बिचमा प्रतिस्पर्धा हुनेछ, जुन खेल ३ बजेवाट सुरु हुनेछ ।

रंगशालामा नै हुने दोस्रो खेल भने साँझ ६ बजेवाट सुरु हुनेछ । जुन खेलमा फ्रेन्डस क्लब र मनाङ मर्स्याङदी आमुने सामुने हुनेछन ।

प्रकाशित मिति : जेष्ठ २१, २०८० आईतबार  ७ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]