बैशाख ८, २०८१ शनिबार

‘कर छल्नेलाई मुसाले सुतेको समयमा संवेदनशील अंगमा टोक्नेछ’

बिर्तामोड । सिस्नेपानी नेपालले आइतवार बिर्तामोडमा व्यङ्ग्य मार्फत कर छली गर्नेलाई मज्जाको झापड हानेको छ । आन्तरिक राजश्व विभागले आयोजना गरेको करमैत्री यात्राको क्रममा झापाको विर्तामोड आएको सो समूहले कर छल्न नहुने सन्देश दिएको छ । कर तिरेर राष्ट्रको समृद्धिमा लाग्नुपर्ने व्यङ्ग्य मार्फत सूझाव दिएको छ ।

करमैत्री यात्राको क्रममा कलाकारले गित, कविता, मन्तव्य सहित जोगीको भेषमा कलाकारिता प्रस्तुत गरेर कर तिर्नैपर्ने , नतिरेमा नर्कमा समेत सुख नहुने उल्लेख गरेका थिए । उनीहरुले कर छल्नेहरुलाई स्वर्गमा बास समेत नपाइने व्यङ्ग्य गरेका छन् । पण्डितको भेषमा लक्ष्मण गाम्नागेले करकर पुराण सुनाएका थिए ।

करकर पुराणमा कर नतिर्नेहरुलाई हदैसम्मको पापी ठहराइएको छ । कर नतिर्नेहरु आजीवन रोगी हुने, दशाग्रहले नछोड्ने, सोचेका कुनै काम पुरा नहुने जस्ता पुराण बाचन गरिएको थियो । देशभित्र व्यापार व्यवसाय गरेर आफ्नै राष्ट्रलाई केहि हिस्सा बुझाउन पनि छलकपट गर्नेहरुले हरेक दिन नराम्रा सपना देख्ने उनले सुनाए । गाम्नागेले पुराण मार्फत भनेका छन्, कर छल्नेहरुलाई सुतेको समयमा मुसाले संवेदनशील अंगमा टोक्नेछ । त्यहाँमात्र होइन, जहाँजहा पीडा हुन्छ, बाहिर देखाइ नसक्ने गरी मुसाले टोक्ने छ ।

कर तिर्ने र लिने विचको समस्याका कारण अझै पनि मुलुकमा कर संकलनमा समस्या भइरहेको बताइएको छ । कलाकारले करका बारेमा तल्लो तहसम्म बुझाउने उदेश्यले गरिरहेको देशव्यापी कार्यक्रममा विशेष गरी व्यापारीलाई सहभागी गराइएको छ । कर नतिर्ने बढी संभावना रहेको क्षेत्रलाई सहभागी गराइएको सो कार्यक्रममा भुलेर पनि कर छल्न नहुने गरी व्यङग्य गरिएको थियो । राज्यले तोकेको क्षेत्रधिकारमा रहेर तोकिएको कर सबैले बुझाउनु पर्ने कार्यक्रमको मुल उदेश्य थियो ।

जिल्लाका व्यापारी, सरकारी कार्यलयका कर्मचारी, जनप्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि सहभागी कार्यक्रममा कलाकार मनोज गजुरेलले बिर्तामोडमा सभा गृह बनाउन माग गरेका थिए । उनले बिर्तामोड नगरपालिकाले फोहोर व्यवस्थापन नगरेको सन्दर्भ समेत कार्यक्रममा सुनाएका छन् । हास्यव्यङ्ग्यको माध्यमबाट भ्रष्टाचारको कडा आलोचना गर्दै आएको सिस्नुपानी नेपालका कवि अर्जुन पराजुली, धीरेन्द्र प्रेमर्षी, टंक आचार्य,शिशिर योगी, सरोज घिमिरे लगायतले प्रस्तुती राखेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का अर्थ मन्त्री इन्द्र आङ्वोले करको सदुपयोग बारे नागरिक तहबाट रचनात्मक खवदारी हुनुपर्ने बताए । उनले कर शिक्षालाई हास्यव्यङ्ग्य मार्फत नागरिकको तहमा पु¥याएको भन्दै आभार प्रकट गरेका छन् । मन्त्री आङ्वोले सबै व्यवसायीले कर तिरेमा व्यवसायिक सुरक्षा समेत हुने बताए । अझै ठुलो क्षेत्र अहिले पनि करको दायरा भन्दा बाहिर रहेको भन्दै उनले सबैलाई करको दायरामा आउन आग्रह समेत गरेका छन् ।

प्रकाशित मिति : कार्तिक २५, २०७६ सोमबार  ११ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]