बैशाख १४, २०८१ शुक्रबार

संकटमा एमाले नेतृत्वको कोशी सरकार

विराटनगर । कोशी प्रदेश सरकारमा सहभागी रहेको नेकपा माओवादी सरकारबाट बाहिरिने भएको छ । माओवादी केन्द्रको सचिवालय बैठकले कोशी प्रदेश संसदीय दललाई तत्काल एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएको छ ।

माओवादी केन्द्रको सचिवालय बैठकले एमाले नेतृत्वको सरकारको समर्थन छोड्न निर्देशन दिएपछि कोशी प्रदेश संसदीय दलले समर्थन फिर्ता लिने तयारी गरेको छ । एमाले नेतृत्वको सरकारमा माओवादी पनि कोशी प्रदेश सरकारमा सहभागी छ । उसले दुईवटा मन्त्रालयको नेतृत्व गरिरहेको छ ।

केही दिनअगाडि सरकारमा सहभागी भएको जसपाले समेत सरकारबाट बाहिरिएसँगै समर्थन पनि फिर्ता लिएको थियो । केन्द्रीय सत्ता गठबन्धनअनुसार केही समय अगाडि नेपाली काङ्ग्रेसले एमाले नेतृत्वको सरकारको समर्थन छोड्न माओवादीलाई पत्र नै पठाएको थियो । पत्र पठाए पनि केन्द्रबाट निर्देशन नआएको भन्दै माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थिएन ।

माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलको बैठक ३ बजेलाई बोलाइएको छ । बैठकपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने जानकारी आउने छ ।

प्रकाशित मिति : जेष्ठ २२, २०८० सोमबार  ३ : ५० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]