बैशाख ८, २०८१ शनिबार

धेरै मुद्धा जग्गा विवादका

शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा रहेकोे ६० वटा मुद्धामा ४३ ओटा मुद्धालाई टुड्ग्याएको छ । जसमा चालु वर्षमा १९ थान र अघिल्लो आ.व. दर्ता भई नटुंगिएका मद्धा ११ थान रहेका थिए ।

टुंगिन बाँकी हुन बाँकी १७ वटा मुद्धामध्ये ८ मुद्धा विचाराधिन ४ मुद्धा फिर्ता र ५ ओटा मुद्धा मेलामिलाप हुन नसकेपछि दुवै पक्षको सहमतिमा अदालत जान सुझाब दिइएको शिवसताक्षी नगरपालिकाकी उपप्रमुख तथा न्यायिक संमितिकी संयोजक नरमाया कार्कीले जानकारी दिइन् ।

नगरमा धेरै मात्रामा जग्गा खिचोला सम्वन्धी मुद्धा परेको शिवसताक्षीले जनाएको छ। त्यस्तै मानाचाल, घरेलु हिंसा लेनदेन, सम्बन्ध विच्छेद, लेनदेन, अंशचलनको मुद्धा आउने गरेको उपप्रमुख कार्कीले बताइन् । उनले नगरपालिकाको न्यायिक समितिमा आउने मुद्धाहरुलाई सहमति मै सुल्झाउन पहिलो प्रयास गरिएको जानकारी दिइन् । सहमतिबाट नसुल्झेका मुद्धाहरुलाई कानुनी हिसाबले न्याय सम्पादन गरिएको उनले बताइन् । केही मुद्धाहरुलाई दुवै पक्षका प्रमाणहरु संकलन गर्नका लागि विचाराधिन अवस्थामा रहेको छ ।

उपप्रमुख कार्कीले वडा गठन भएको न्यायिक समिति साना तिना मुद्धाहरु वडा मै मिलाउने गरेकाले वडाले फच्र्योट गर्न नसकेका मुद्धा मात्रै नगरपालिकामा आउने जानकारी दिइन् ।
उनका अनुसार हालसम्म न्यायिक समितिले मिलाएका मुद्धाहरुमा त्यही समस्या लिएर दोबारा सेवा ग्राही न्यायिक समितिमा आएको छैन ।

उपप्रमुख कार्कीले न्यायिक समिति बाहेक पनि धेरै काम गरेकी छिन् । विषेश महिलाहरुका समस्याहरुमा ध्यान दिएकी हुन् । महिलाहरुकालाई सीप मुलक तालिम, सुत्केरी महिलाहरुलाई पृष्ट पोषण कार्यक्रम, स्वमसेवीका महिलाहरुलाई वडाहरुमा जानका लागि साइकल वितरण लगायतका कार्यक्रम गरेको उपप्रमुख कार्कीको भनाई छ ।

शिवसताक्षी नगरपालिकामा वडा नं. १० मा सांङ्लोमा बाँधिएकी अम्बिका ढकालले उद्धार गरी इटहरी स्थित माया घर नेपालमा पुर्याएको उपप्रमुख कार्कीले बताइन् । हाल ढकालको स्वास्थ अवस्था राम्रो रहेको बताइएको छ । त्यस्तै शिवसताक्षी १० कै अति विपन्न महिला सपना ऋषिदेवको शिवसताक्षी उपप्रमुख कार्कीको पहलमा विराट नगर स्थित कोशी अञ्चल अस्पतालमा निशुल्क उपचार गरिएको थियो । सपनाका दुइ वर्ष अघि घाँस काट्ने क्रममा रुखबाट लड्दा खुट्टामा स्टिल लगाउनु परेको थियो । खुट्ट स्टिल निकाल्ने रकम नहुँदा घस्रिएर हिड्नु पर्ने बाध्यता भएपछि शिवसताक्षी नगरपालिकाले कोश अञ्चल अस्पतालमा लगेर निशुल्क उपचार गरेको उपप्रमुख कार्कीले जानकारी दिइन् ।

प्रकाशित मिति : जेष्ठ २५, २०८० बिहीबार  ७ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]