बैशाख ७, २०८१ शुक्रबार

कञ्चनजंघा बडिबिल्डिङमा २० खेलाडी छानिए, फाइनल राउन्ड आज

बिर्तामोड । दोस्रो मिस्टर कञ्चनजंघा बडिबिल्डिङ च्याम्पियनसिपमा तौल समूहका खेलाडी छनोट भएका छन् । बिहविारदेखि सुरु भएको प्रतियोगितामा विभिन्न तौल समूहमा २० जना खेलाडी छनोट भएका हुन् ।

प्रिजजिङबाट ५५ केजी तौल समूहमा छ जना, ६० र ६५ केजीमा चार-चार जना र ७० केजी र ७० केजी माथिमा तीनतीनजना खेलाडी अघिल्लो चरणमा प्रवेश गरेका छन् ।

५५ केजीबाट उर्लाबारीका धर्मराज खापुङ, बिर्तामोडका दिवस श्रेष्ठ, दुहबीका वीरेन्द्र चौधरी, बिर्तामोडका तेजबहादुर हमाल, विराटनगरका प्रबित राजवंशी र दमकका भरतनारायण शाह छनोट भएका छन् ।
त्यस्तै, ६० केजीबाट बिर्तामोडका जितेन्द्र यादव, विनोद कामी, युवराज बस्नेत र हेटौँडाका अजय मल्लिक अघिल्लो चरणमा प्रवेश गरेका छन् ।

६५ केजीबाट इटहरीका ओसन कार्की, दमकका विवेक माझी, बिर्तामोडका हर्कबहादुर राई र गाइघाटका दिलिपकुमार चौधरी छानिएका छन् । ७० केजीबाट दमकका मदनकुमार योङहाङ, इलामका सनम लिम्बू, धरानका सागर राई तथा ७० केजी माथिबाट दमकका विप्लव कार्की, धरानका सन्दीप गिरी र चन्द्रगढीका प्रसिद्ध भक्तराज लावट छनोट भएका छन् । प्रदेशस्तरीय प्रतियोगिताको आयोजना बडी ग्यारेजले गरेको हो । फाइनल राउन्ड आज हुनेछ ।

प्रतियोगिताका लागि प्रदेश खेलकुद विकास बोर्डले १५ लाख रुपैयाँ विनियोजना गरेको छ । शारीरिक सुगठन खेललाई प्रबद्र्धन गर्ने तथा नयाँ खेलाडी उत्पादनमा सहयोग पुग्ने उद्देश्यले बोर्डले १५ लाख रुपैयाँ उपलब्ध गराएको हो ।

प्रतियोगितामा प्रथम पुरस्कार ३ लाख ११ हजार १ सय ११ रुपैयाँ, द्वितीय पुरस्कार २ लाख ५० हजार रुपैयाँ, तृतीय पुरस्कार १ लाख ५० हजार रुपैयाँ, चौथो पुरस्कार १ लाख रुपैयाँ र पाँचौँ पुरस्कार ७५ हजार रुपैयाँ रहेको छ ।
साथै, हरेक तौल समूहमा द्वितीय र तृतीय हुने खेलाडीहरुलाई क्रमशः १० हजार र ५ हजार रुपैयाँ, मेडल तथा ट्रफी प्रदान गरिनेछ ।

प्रकाशित मिति : जेष्ठ २६, २०८० शुक्रबार  ८ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]