बैशाख १३, २०८१ बिहीबार

बिर्तामोडमा यामाहाको हाइब्रिड स्कुटर रे जेडआर १२५ विक्रि सुरु

बिर्तामोड । झापाको बिर्तामोडबाट यामाहाको पहिलो हाइब्रिड स्कुटर रे जेडआर १२५ को विक्रि सुरु भएको छ । आज एक कार्यक्रमका बीच सयपत्री टे«ड लिंकले हाइब्रिड स्कुटरको सार्वजनिकसँगै विक्रि सुरु गरेको जनाएको छ । सो स्कुटर स्ट्यान्डर्ड, डिलक्स, प्रिमियम र प्रिमियम प्लस गरी चार ट्रिमहरुमा उपलब्ध रहेको सञ्चालक विनोद बस्नेतले जानकारी दिए ।

सयपत्रीबाट आजै अर्जुनधारा निवासी चन्द्रकला खड्का उक्त हाइब्रिड स्कुटर रे जेडआर १२५ खरिद गर्ने पहिलो व्यक्ति बनेकी छन् ।

रे जेडआर १२५ हाइब्रिड स्ट्यान्डर्डको मूल्य २ लाख ७९ हजार ९ सय रुपैयाँ तोकिएको छ । रे जेडआर १२५ हाइब्रिडको केन्द्रमा १२५ सीसीको शक्तिशाली एयरकुल्ड, फ्युल इन्जेक्टेड अर्थात एफआई ब्लुकोर इन्जिन रहेको छ । हाइब्रिड भेरिएन्टले स्मार्ट मोटर जेनेरेटरलाई गतिरोधको समयमा शक्ति सहायता प्रदान गर्छन् । साइलेन्ट स्टार्टर समेत भनेर चिनिने यो प्रविधिकै कारण इलेक्ट्रिक मोटरको रुपमा दोब्बर क्षमता हुन्छ । शुरुमा पिकअप लिदा इन्जिन र ब्याट्री पावर दुवै प्रयोग हुने हाइब्रिड प्रविधिको स्कुटर भएकाले यो अहिले धेरैको रोजाइमा पर्ने गरेको छ । यसले इन्धनको बचत गर्नुका साथै समग्र सवारी अनुभवलाई पनि बढाउछ ।

१४५ एमएमको ग्राउन्ड क्लियरेन्स र ९९ किलोग्राम मात्र तौल भएको सो स्कुटरमा युनिफाइड ब्रेकिङ सिस्टम (यूबीएस), साइड स्ट्यान्ड इन्जिन कटअफ फङसन र २१ लिटर अन्डर सिट स्टोरेज लगायतका सुविधा छन् ।

रे जेडआर १२५ हाइब्रिड पुनः डिजाइन गरिएको, पूर्ण रुपमा डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र स्ट्यान्डर्ड एलईडी हेडल्याम्प सहितको विशेषताले सुसज्जित छ, जसले अधिकतम भिजिबिलिटी र सुविधा सुनिश्चित गर्छ । यसमा आइडियल स्टार्टरस्टप टेक्नोलोजीको प्रयोग गरिएको छ । साथै पावर एसिस्टको प्रयोग गरिएकोले उकालो बाटोमा चलाउँदा पनि यसले ठूलो आवाज गर्दैन ।

प्रकाशित मिति : जेष्ठ २६, २०८० शुक्रबार  ३ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]