बैशाख ८, २०८१ शनिबार

यु-२० रग्वीको फाइनल समिकरण पुरा

इलाम । नेपाल रग्वी संघको आयोजनामा इलामको माई नगरपालिका–४ शुक्रबारे खेल मैदानमा जारी यु–२० रग्वी सेभेन्स महिला तथा पुरुष प्रतियोगिताको सेमीफाइनल समिकरण पुरा भएको छ ।

प्रतियोगिताको पहिलो दिनको खेल सम्पन्न भएसंगै महिला र पुरुष तर्फ फाइनल खेल्ने टिम पक्का भएको हो । प्रतियोगिताको पुरुष तर्फ कर्णाली रग्वी क्लब र कटारी रग्वी क्लब भिड्ने भएका छन् । महिला तर्फ हेटौडा रगर्स र हिमालयन टाइगर भिड्ने छन् ।

पुरुषसमुह ए बाट २ जितका साथ बिजेताको रुपमा कर्णालीले सेमीफाइनलमा स्थान बनाएको थियो । त्यसैगरी १ जित र १ हारका साथ कटारी उपविजेताको रुपमा सेमीफाइनल पुगेको हो । २ टोली मात्र रहेको समुह बीमा हिमालन विरुद्धको जितका साथ हेटौडा समुह बिजेताको रुपमा सेमीफाइनल पुगेको हो । महिला तर्फ २ जितका साथ समुह ए मा बिजेताको रुपमा कटारी सेमीफाइनल पुगेको थियो । १ जित र १ हारका साथ कर्णाली उपबिजेता बनेको थियो । २ टिम रहेको समुह बी मा हिमालयन टाइगरलाई हराउँदै हेटौडा सेमीफाइनल पुगेको हो ।

प्रतियोगितामा पुरुतर्फ कर्णालीले हिमालय टाइगरलाई ३१–५ अन्तर हराएको हो । त्यसैगरी कटारीले हेटौडालाई ७–० अन्तरले हराएको हो । महिला तर्फ हिमालयन टाइगरले कटारी रग्वी क्लबलाई ५–० ले हराएको हो । त्यसैगरी हेटौडा रगर्सले कर्णाली रग्वी क्लबलाई ३६–० ले हराएको फाइनल पुगेको हो । आजबाट सुरु भएको प्रतियोगिताको पहिलो खेलमा पुरुष तर्फ कर्णालीले बर्दिबास रग्वी क्लबलाई २९–० ले हराउन सफल रहेको थियो । हेटौडाले हिमालयन टाइगरलाई १२–० ले हराएको थियो । कटारीले बर्दिबासलाई १९–० ले हराएको छ । कर्णालीले कटारीलाई २९–० ले हराएको छ ।

महिला तर्फ पहिलो खेलमा कटारीले बर्दिबासलाई १०–० ले हराएको थियो । कटारीले कर्णालीलाई १२–५ ले हराएको छ । हेटौडाले हिमालयन टाइगरलाई २५–० ले हराएको छ । कर्णालीले बर्दिबासलाई ५–० ले हराएको छ । फाइनल खेल शनिबार हुनेछ । नेपाल रग्वी संघ कोशी प्रदेश समिति, नेपाल रग्वी संघ इलाम र नेपाल रग्वी संघ माई नगरको समन्वयमा आयोजित प्रतियोगितामा महिला र पुरुष तर्फ ५÷५ टिमको सहभागिता रहेको थियो ।

प्रतियोगिताको बिजेताले ५० हजार र उपविजेताले ३० हजार प्राप्त गर्नेछ । प्रतियोगिताको उद्धघाटन माई नगर प्रमुख खम्ब सिं लिम्बुले गरेका थिए । नेपाल रग्वी संघका बरिष्ठ उपाध्यक्ष चेतनराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा माई नगर प्रमुख खम्ब सिं लिम्बुको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नगर प्रमुख लिम्बु, नेपाल रग्वी संघका महासचिव गोविन्द घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतियोगिताबाट आगामी अगष्टमा नेपालमा हुने यु–२० एसिया रग्वी सेभेन्स प्रतियोगिताको लागि नेपाली टिम छनौट हुनेछ । प्रतियोगिताको खेलाडी छनौटका लागि नेपालका प्रमुख प्रशिक्षक व्इिजे सिङ्गे समेत माई नगरपालिका आएका छन् ।

प्रकाशित मिति : जेष्ठ २६, २०८० शुक्रबार  ८ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]