बैशाख ८, २०८१ शनिबार

बिर्तामोडका पशुपालक किसानलाई तालिम

बिर्तामोड । बिर्तामोडमा पशुपालन व्यवसायमा आवद्व रहेका कृषकहरु तालिम प्रदान गरिएको छ । बिर्तामोड नगरपालिकाको पशुपंछी तथा मत्स्य विकास शाखाले जेठ २३ गतेदेखि आयोजना गरेको विभिन्न प्रकारका ३ वटा तालिम आज सम्पन्न भएको हो ।

नगरपालिकाले व्यवसायिक रुपमा बाख्रा पालन, गाई पालन र पशु आहार व्यवस्थापन साइलेज, हे र मिनिरल ब्लक बनाउने तालिम सञ्चालन गरेको थियो । गाई, बाख्रा पालन सम्बन्धी एक एक दिन र पशु आहार व्यवस्थापन सम्बन्धी दुई दिन तालिम सञ्चालन गरिएको शाखा अधिकृत सावित्रा दाहालले जानकारी दिइन् ।

तालिम समापन कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले तालिममा सिकेका कुरालाई वेवास्था नगरी हुवहु कार्यान्वयन गर्न सहभागीलाई आग्रह गरेकी छन् । आधुनिक तवरले पशुपालन व्यवसाय सञ्चालन गर्नुपर्ने भन्दै उनले यस तालिममा छुटेकाहरुलाई आगामी कार्यक्रममा सहभागी गराउने बताइन् ।

तालिम समापन कार्यक्रममा बोल्दै नगरपालिकाका जिन्सी शाखा प्रमुख मेघराज बाँस्तोला र पशु विज्ञ तथा तालिम प्रशिक्षक डाक्टर कमलेश्वर भाटले सहभागिहरुले तालिममा सिकेको कुरा व्यवहारमा लागु गर्नुपर्नेमा जोड दिइन् । तालिममा सहभागीहरुको तर्फबाट बोल्दै वडा नम्बर ७ का कृषक सागर ढकालले नगरपालिकाले प्रदान गरेको यस तालिमबाट धेरै कुराको ज्ञान लिएको बताए । उनले आफुले सिकेको सिप तालिममा सहभागी नभएकाहरुलाई पनि सिकाउने प्रतिवद्वता व्यक्त गरे । कृषक ढकालले पशुपंछी तथा दुधमा बिर्तामोडलाई आत्मनिर्भर बनाउन सहकार्य गरेर अघि बढ्ने समेत बताए ।

बिर्तामोड नगरपालिकाले व्यवसायिक रुपमा कृषि तथा पशु पालन गर्दै आएका कृषकहरुको लागि विभिन्न प्रकारका सहयोग उपलव्ध गराउँदै आएको छ ।

प्रकाशित मिति : जेष्ठ २६, २०८० शुक्रबार  ९ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]