बैशाख १७, २०८१ सोमबार

के हो अदुवा खोला करिडोर ?

बद्री भट्टराई

नदी, खोलासँग रहेको प्राकृतिक स्रोतको संरक्षण , सम्बद्र्धन र विकाश एवम् सौन्दर्यिकरणसँग सम्बन्धित रहेर गरिने एकीकृत बिकाश परियोजना नै करिडोर हो । बिर्तामोडमा रहेको बिच भागबाट बग्ने खोला (अन्धुवा ) अदुवा खोलासँग सम्बन्धीत एकीकृत बिकास परियोजना नै अदुवा खोला करिडोर हो ।

यसअघि पनि यस खोलाको करिडोरको रुपमा बिकास गर्न भनेर खुबै हल्लाहरु चलेका हुन् । बजेट पर्यो भन्ने हल्ला आएका पनि हुन् । यसले बतासे पुल पारेको लामो समय भइसकेको छ । यसको बिकासको परियोजना भने आजसम्म बन्न सकेको छैन । परियोजना नबने पछि बजेट बिनियोजन हुने कुरै भएन । आ.व २०८०-८१ मा भने अदुवा खोला करिडोरको बिकास गर्ने भनेर झापा क्षेत्र न. २ का संघीय सांसद एवम् प्रतिनिधि सभाका सम्माननीय सभामुख देवराज घिमिरेको पहलमा ७० लाख बजेट छुट्टीएको छ र केही समय भित्रै रातो किताब मा उल्लेख भइसकेको छ । यसरी पहिलो पटक अदुवा खोला करिडोरको नाम रातो किताब मार्फत बजेट बिनियोजन हुन यसले गति लिनु हो । यस कामको शुभारम्भ गर्न उत्प्रेरित गर्नु भएकोमा हेल्प नेपाल, प्रतिनिधि सभाका सम्माननीय सभामुख ज्यूलाई हार्दिक आभार एवम धन्यवाद दिन चाहान्छु ।

कुन हो अदुवा (अन्धुवा) खोला ?
माथि बुद्धशान्ती –२ जयपुरका स्व. जयनारायण ओलीको घर पश्चिम विरिङ्ग खोलाको बिन्दुली वाध देखि नै आसपासबाट तल आउदै गर्दा अर्जुनधारा नगरपालिका वडा न. ९ को कालिस्थान पश्चिम् पट्टिको चिया बगानबाट जरुवा पानी उम्रेर बहदै आउँदा कालिस्थान पश्चिम र दक्षिणमा सिचाइका लागि दुई ठाउँमा बाध बाधिएको त्यस देखि केही तल देवि थानबाट पुनः पानी उम्रिएर धनसिङ बाध हुँदै अर्जुनधारा ९ , ६ हुँदै बिर्तामोड ५,१ सम्मका सिमाना, बिर्तामोड ४, बिर्तामोड ३,९ ,१० सम्म बहदा अदुवा खोला र त्यसबाट दक्षिण तिरसम्म बग्दै जादा भुतेनी खोलाको रुपमा चिनिएको जलथल र राजगढको सिमा खोलाको रुपमा बग्दै बिरिङ्ग , मेची नदिमा मिसिएर जाने खोला नै अदुवा खोला हो । यसको माथि हिमाल र पहाड एवम् चुरेसम्म पनि मुहान नभएको र भविष्यमा यसको त्यस किसिमको कृतिम मुहान बनाएर जान सक्ने प्रसस्त सम्भावना रहेको छ ।

खोलाको यस क्षेत्रमा असर र प्रभाव
होली जस्तो रेखांकन भएर बुद्धशान्ती गापा को २ नं. वडामा पनि पानी बग्दै गर्ने खोलाको रुपमा नभए पनि अर्जुनधारा ९ बाट निरन्तर बग्दै दक्षिण तर्फ बिर्तामोडको मुख्य सहरी खण्डको बिचबाट बग्ने यो खोलाको ठूलो प्रभाव रहेको छ र रहन्छ । संसारका ठुला नदि किनारबाट ठुला–ठुला सभ्यताको विकाश भएको सबैलाई बिधित नै छ । सभ्यता बोक्ने त्यो हैसियत त यसको पक्कै पनि छैन ।

तर बिर्तामोड पछिल्लो समयमा घना सहरको बिकास भइरहदा भावी दिनमा यसले बिर्तामोड, अर्जुनधारा क्षेत्रको सभ्यताको पहिचान भने अवश्य बनाउने छ । खाली मानव जातिले यसलाइ कसरी प्रयोग गर्ने भन्ने कुरामा यसको र यसको आसपासमा बस्ने मानिसको सभ्यतामा भर पर्नेछ । यसलाई सुन्दर सफा र कलकल बग्ने खोलाको रुपमा बिकास गर्ने कि ढल र सेफ्टी ट्याङ्की मिसाइएको गुहे खोलाको रुपमा कुरुप बनाएर सिध्याउने भन्ने कुरा यस क्षेत्रका सामाजिक अभियन्ता , राजनीतिककर्मी , स्थानीय सरकारका क्रियाकलापबाट निर्धारित हुनेछ । अत ः वर्तमान सन्दर्भमा वातावरणीय हिसाबले भन्नू पर्दा यस खोलाको ठूलो असर, प्रभाव र सम्भावनाहरु रहेका छन् ।

अर्थात, यसलाई ध्यान नदिने , वेवास्ता गर्ने हो भने यसमा ढल मिसाइने छ । सेफ्टी ट्यांकी मिसाइने छ । प्लास्टिक र फोहोर बिसर्जन गरिने छ , अतिक्रमण गरेर घर घडेरी बनाइने छ र टुकुचा जस्तो पानी हैन नर्क बग्ने खोलाको रुपमा बिकास हुनेछ । आसपासमा दुर्गन्ध फैलिने छ मानिस र अन्य प्राणी रोगले ग्रस्त हुने र नर्क कै वास हुनेछ । मृत्यु चाडै हुनेछ । औषत आयुको अंकहरु गडबड हुनेछन् र अन्त्यम यस क्षेत्रका अगुवाहरु निकम्मा सावित हुनेछन् । असभ्य हुनेछन् असर यस्तै यस्तै रहनेछ । माथी उल्लेख भएका नकारात्मक असर हो । यसको ठिक बिपरित यसमा उचित ध्यान दिने यसको एकीकृत विकास गर्ने र भविष्यको सुन्दर सपना साकार पार्दै जाने हो भने सकारात्मक असर पनि छ । हामीलाई चाहिएको यसले सकारात्मक असर पारोस भन्ने हो । त्यसको प्रभावले आसपासका क्षेत्र जिल्ला र सिङ्गो देशलाइ सकारात्मक प्रभाव दिन सकोस । सकारात्मक प्रभाव पार्न सक्ने प्रसस्त सम्भावना यस खोलाले राख्दछ ।

एकीकृत परियोजना (करिडोर नै किन ?)
यस खोलाको ठाउँ ठाउँमा तटबन्धन गर्ने, आफ्नो जग्गा जोगाउने नाममा आज अदुवा खोला कुरुप भईसकेको छ । ढल फाल्ने छिटफुट रुपमा सेफ्टी ट्यान्की मिसाउने सुन्नमा आइरहेको छ । प्लास्टिक र अन्य फोहोर बिसर्जन को त कुरै नगरौ । साइकलमा, मोटरसाइकलमा , हिडेर साँझ र झिसमिसे बिहान फोहोर फाल्नेहरुको ताती नै लाग्छ । जसका कारण आज अदुवा खोला कुरुपताको पराकाष्टमा पुगेको छ । यसको दायाँ बायाँ बाटो छैन , खोला किनारमा एउटा बिरुवा रोप्ने ठाउँ छैन । हरियाली हेर्न चियाबारी र देउनिया पारी जङ्गलमा जानू पर्छ । पानीको सङ्लोपना र स्वच्छता भन्दा नि बिषाक्तता बढेको छ । खोला भन्दा नसुहाउने भएको छ । त्यसैले यसको सुन्दरता बढाउदै एकीकृत विकासको सुनिश्चितता गर्न एकीकृत करिडोर अपरिहार्य बनेको छ ।

प्रकाशित मिति : असार ६, २०८० बुधबार  ८ : २६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]