चैत्र १५, २०८० बिहीबार

विरवल योङहाङको प्रेस विज्ञप्ति


प्रस्तुत बिषयमा विगत केही दिन देखि विभिन्न पत्रपत्रिका, अनलाइन लगायतका सञ्चार माध्यमहरुबाट सडक बनाउन उत्खनन् गरिएका ढुंगा–गिटी अन्यन्त्र फेला, बाटोको बहानामा वालुवा गिटीको व्यापार ! लगायत विभिन्न शीर्षक राखि हल्दीबारी गाउँपालिका वडा न. १ का वडा अध्यक्ष त्रिलोचन सापकोटा, गाउँ कार्यपालिका सदस्य एवंम् गाउँपालिकाका प्रवक्ता सागर पोर्तेलसंग मेरो समेत मिलेमतोमा देवनिया खोलाबाट गिटी, बालुवा उत्खनन् गरी हल्दीबारी–१ सापडिक्री खोला छेउमा अन्यन्त्र बिक्री वितरणका लागि ग्राभेल थुपारिएको भन्ने समाचार प्रति मेरो गम्भिर ध्यानआकर्षण भएको छ ।

प्रकाशित समाचारहरुमा भनिएझैं, हल्दीबारी गाउँपालिका वडा न. १ का वडा अध्यक्ष त्रिलोचन सापकोटा र गाउँ कार्यपालिकाका सदस्य एवंम् गाउँपालिकाका प्रवक्ता सागर पोर्तेल लगायत अन्य वडा अध्यक्ष तथा गाउँपालिकाका प्राविधिक कर्मचारीसंग मेरो कुनै मिलेमतो नरहेको व्यहोरा समेत यसै विज्ञप्ती मार्फत सम्बन्धित सबैलाई जानकारी गराउन चाहान्छु । साथै, ग्राभेल झिक्ने क्रममा ढुवानी भएको ग्राभेलको परिमाणको रेकर्ड राखि पारदर्शिता कायम गर्नका लागि कुपनको समेत व्यवस्था गरिएको जानकारी गराउंदछु ।

म एक निर्माण व्यवसायी हुनुको नाताले विगत देखि नै सडक ग्राभेल गर्नका लागि गाउँपालिका तथा वडा समिति एवंम् अन्य निकायबाट हल्दीबारी गाउँपालिका क्षेत्रमा विनियोजन हुने बजेटका आयोजना सञ्चालन उपभोक्ता समिति तथा टोल विकास संस्थाहरुसंग समन्वय गरी उनीहरुले नै निर्धारण गरेको दररेटमा ग्राभेल ढुवानी गर्दै आइरहेको व्यहोरा सर्वप्रथम अवगत गराउन चाहान्छु ।

हल्दीबारी गाउँपालिका वडा न. १ र वडा न. ३ का टोल विकास संस्थाको अगुवाईमा स्तरोन्नती भएका सडकहरुमा गाउँपालिकाले बजेट बिनियोजन गरी तयार पारेको प्राविधिक लागत इस्टिमेट वमोजिम निर्धारित दररेटमा स्थानीय देवनिया खोलाबाट ग्राभेल ढुवानी गरि दिन पटक–पटक टोल विकास संस्थाहरुले अनुरोध गरे पश्चात म तोकिएको स्थानमा पुग्दा पहिला देखि नै हल्दीबारी–२ निबासी ठेकदार कुमार कार्की लगायतले गिटी, बालुवा उत्खनन् गरिरहेको पाइएको थियो ।

त्यस पश्चात, मैले पनि ट्रिपरको प्रयोग गरि हल्दीबारी गाउँपालिका वडा न. ३ स्थित बाघडाँडा टोल विकास संस्था र हल्दीबारी–१ का विभिन्न टोल विकास संस्थाहरुसंग समन्वय गरि निजहरुले नै तोकेको दर रेटमा ग्राभेल ढुवानी गरिरहेको सन्दर्भमा गत हप्ता भएको भारी बर्षाको कारणले हल्दीबारी–१ का भखरै स्तरोन्नती गरिएका सडकहरुमा ग्राभेल ढुवानी गर्दा ट्रिपर फसेर सम्बन्धित स्थानसम्म पुर्याउन नसकिएकोले टोल विकास संस्थाहरुसंगकै सहमतिमा पानी पर्न रोकिइ, घाम लागेर सडक सुख्खा भए पश्चात पुःन सडकमा विछ्याउने गरी हल्दीबारी–१ सापडिक्री खोला छेऊमा ग्राभेल थुपारेको व्यहोरा अवगत गराउन चाहान्छु ।

प्रकाशित समाचारहरुमा भनिएझैं, हल्दीबारी गाउँपालिका वडा न. १ का वडा अध्यक्ष त्रिलोचन सापकोटा र गाउँ कार्यपालिकाका सदस्य एवंम् गाउँपालिकाका प्रवक्ता सागर पोर्तेल लगायत अन्य वडा अध्यक्ष तथा गाउँपालिकाका प्राविधिक कर्मचारीसंग मेरो कुनै मिलेमतो नरहेको व्यहोरा समेत यसै विज्ञप्ती मार्फत सम्बन्धित सबैलाई जानकारी गराउन चाहान्छु ।

साथै, ग्राभेल झिक्ने क्रममा ढुवानी भएको ग्राभेलको परिमाणको रेकर्ड राखि पारदर्शिता कायम गर्नका लागि कुपनको समेत व्यवस्था गरिएको जानकारी गराउंदछु । बिषयवस्तुको गाम्भिर्यता र सत्य तथ्य नबुझि अरुको चरित्र हत्या गर्ने उदेश्यले तथ्यहिन, भ्रामक, कपोकल्पित र षड्यन्त्रपूर्वक समाचार सम्प्रेषण गर्ने र प्रकाशन गर्ने जो कोहीलाई कानुनी कार्वाहीको दायरामा ल्याउन सम्बन्धित पक्षसंग जोडदार माग गर्दछु ।

बिषयवस्तुको गाम्भिर्यता र सत्य तथ्य नबुझि अरुको चरित्र हत्या गर्ने उदेश्यले तथ्यहिन, भ्रामक, कपोकल्पित र षड्यन्त्रपूर्वक समाचार सम्प्रेषण गर्ने र प्रकाशन गर्ने जो कोहीलाई कानुनी कार्वाहीको दायरामा ल्याउन सम्बन्धित पक्षसंग जोडदार माग गर्दछु ।

निर्माण व्यवसायी

हल्दीबारी–१, झापा

मिति ः २०७६÷१÷२३

प्रकाशित मिति : बैशाख २५, २०७६ बुधबार  १० : ४६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]