जेष्ठ ४, २०८१ शुक्रबार

बिर्तामोडमा लागुऔषध विरुद्ध प्रभातफेरी

बिर्तामोड । झापाको बिर्तामोडमा विभिन्न सामाजिक संघ संघसंस्थाहरुले अन्तराष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवसका अवसरमा प्रभावफेरी निकालेका छन् । बिर्तामोड नगरपालिका र इलाका प्रहरी कार्यालय अनारमनीको आयोजनामा प्रभावफेरीको आयोजना गरिएको थियो ।

लागुऔषधको प्रयोगले मानव जीवनमा पार्ने असर बारे सचेतना दिने उद्देश्यले आयोजना गरिएको प्रभावफेरीले बिर्तामोड परिक्रमा गरेको छ । आज विहान निकालिएको प्रभातफेरीमा यहाँका विभिन्न संघ संस्था र विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रभातफेरीको समापनलाई सम्बोधन गर्दै बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईले लागुऔषधबाट हरेक नागरिक टाढा रहनुपर्ने बताइन् । उनले लागुऔषधका कारण धेरै परिवारको विचल्ली भइरहेको बताएकी छन् । नगर प्रमुख महताराले झापामा नजिकै रहेको भारतबाट ठुलो परिमाणमा लागुऔषध विभिन्न बजारमा आयात भइरहेको भन्दै सबैको पहलबाट त्यसलाई पूर्णरुपमा नियन्त्रण गर्नुपर्ने धारणा राखिन् । उनले भनिन्, २ केजी चिनी लिएर आउनेहरुलाई पर्याप्त केरकार हुन्छ, तर लागुऔषध कसरी यत्तिका परिमाणमा आयात भइरहेको छ ? उनले सीमामा खटिने सुरक्षा निकायलाई यस तर्फ सचेत हुन आग्रह समेत गरिन् ।

नगर प्रमुख महताराले बिर्तामोडको नीति कार्यक्रममा सुर्तिनज्य पदार्थको विक्रिमा प्रतिवन्ध गरिने नीति लिएको समेत जानकारी दिइन् । उनले क्यान्सरको मुल जड नै सुर्ति र सुर्तिजन्य पदार्थ रहेको भन्दै त्यसको नियन्त्रणमा स्थानीय तह सक्रिय हुने बताइन् । सुर्तिजन्य पदार्थले नागरिकको स्वास्थ्य र वातावरणमा ठुलो समस्या आइरहेको उनको भनाई थियो ।

यस्तै बिर्तामोडका डिएसपी सुरज कार्कीले पछिल्लो समय अपराधको मुख्य कारण नै लागुऔषध दुव्र्यसन भएको बताएका छन् । उनले अपराधिक कर्म गर्नेहरु कतै न कतै लागुऔषधसँग जोडिएको अनुसन्धानमा खुलेको छ । डिएसपी कार्कीले भने, हरेक मुद्धामा बयान लिने क्रममा लागुऔषधको कनेक्शन भेटिन थालेको छ । लागुऔषधले सामाजमा ठुलो समस्या उब्जाइरहेको बताउँदै यसको नियन्त्रणमा सबैका साझा प्रयन्त जरुरी रहेको बताए । समाजलाई अपराधमुक्त गर्न लागुऔषध दुव्र्यसनको पूर्ण नियन्त्रण हुनुपर्ने डिएसपी कार्कीको भनाई छ । अपराधका लागि लागुऔषधले दुरुत्साहन गरिरहेको भन्दै सबैलाई सजग रहन आग्रह गरेका छन् ।

इलाका प्रहरी कार्यालय अनारमनीमा चालु आर्थिक वर्षको चैत मसान्तसम्म लागुऔषध कारोवार गर्नेहरु विरुद्ध ४४ वटा मुद्धा दर्ता भएको छ । त्यसमा ५६ पुरुष पक्राउ परेका छन् भने ७ महिलालाई प्रहरीले पक्राउ गरेको तथ्याङक छ । इप्रकाका अनुसार २१८ ग्राम लागुऔषध बरामत गरिएको छ ।

आर्थिक वर्ष ०७८-०७९ मा बिर्तामोडमा ४०१ ग्राम लागुऔषध बरामत गरिएको थियो । ५३ वटा मुद्धा दर्ता भएका थिए भने ८ महिलासहित ७९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : असार ११, २०८० सोमबार  ९ : ११ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]