बैशाख २०, २०८१ बिहीबार

मेचीनगरमा नगर शैक्षिक कोष घोषणा

मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले नगर शैक्षिक कोषको घोषणा गरेका छन् ।

बिहीवार नगरको बार्षिक नीति तथा कार्यक्रमको समापन शत्रमा बोल्दै नगर प्रमुख बुढाथोकीले बिशेष प्रस्ताव मार्फत नगर शैक्षिक कोषको घोषणा गरेका हुन् ।

नगर शैक्षिक कोषको घोषणा गर्दै उनले आफुले नगर प्रमुख भए बापत राज्यबाट पाउने सेवा सुविधामध्ये तीन महिनाको रकम करिब एक लाख बढी बार्षिक रूपमा कोषलाई दिने घोषणा गरेका छन् ।

शैक्षिक कोषलाई नागरिक स्तरबाट सञ्चालन गर्ने गरी नगर शैक्षिक कोषको अवधारणा ल्याइएको बताए । साथै यस अभियानमा सबै नागरिकले सहभागिता जनाउन सक्ने उनले बताए ।

प्रकाशित मिति : असार १४, २०८० बिहीबार  ६ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]