बैशाख २१, २०८१ शुक्रबार

कार्यक्रमको ढाँचा बदलौं

सम्पादकीय
औपचारिक एवम् अनौपचारिक कार्यक्रमहरु दिनहु हुन्छन् । सामाजिक संघ संस्था, सरकारी तथा गैरसरकारी निकायका कार्यक्रम नभएका दिन हुदैनन् । त्यसमा पनि राजनीतिक दलका कार्यक्रमहरु असाध्यै धेरै हुन्छन् । तर, कार्यक्रमहरु व्यवस्थित हुदैनन् । सबैभन्दा अव्यवस्थित कार्यक्रमहरु राजनीतिक दलको हुने गर्छ । अझ ठुला पार्टीको कार्यक्रम दिक्क लाग्दो हुन थालेका छन् । कांग्रेस, एमालेका नेता धेरै । अतिथि धेरै । बोल्ने वक्ता धेरै । गाठ्ठी कुरा थोरै । यसै प्रकृतिबाट चलिआएका कार्यक्रमहरु अब सुधारिनुपर्छ ।

एउटा दलको कार्यक्रममा आवश्यकताभन्दा धेरै आसनग्रहण हुने गर्छ । मञ्चमा भन्दा तल बस्ने कम हुने अवस्था हुदैछ । बोल्नेहरुको उस्तै लर्को हुन्छ । विषयवस्तु, प्रसंगभन्दा बाहिर गएका नेताहरु उडन्ते कुरा गर्दा पनि कार्यकर्ताहरुले सुन्नुपर्ने बाध्यता छ । उडन्ते भाषण सुनेर कार्यकर्ताको क्षमता विकास हुदैन । छोटो नबोल्ने, विना तयारी बोल्ने गर्दा नेताहरुको ओझ दिनप्रतिनिधि कमजोर हुदैछ । अब कार्यक्रमको ढाँचा बदल्न आवश्यक छ । एक दिन त बदल्नैपर्छ । त्यसैले ढिलाई नगरौं । हरेक राजनीतिक दल वा अन्य कुनै कार्यक्रम आयोजकहरुले समय, वक्ता, विषय, सन्दर्भलाई ख्याल गर्न आवश्यक छ ।

नेता वा कुनै वक्ताको भाषण सुनौं सुनौं लाग्ुनपर्छ । कसैको भाषण सुन्दा उत्प्रेरणा जाग्नुपर्छ । सुन्दै दिक्क लाग्ने, कार्यक्रम छोडेर हिड्न मन लाग्ने अवस्था बनाउने नेताहरुकै कारण सुन्ने ठाउँमा बस्नेहरु विकल्प खोजिरहेका छन् । बोल्न समेत व्यवस्थापन गर्न नसक्ने नेताहरुको विकल्प खोजिरहेको पुस्तालाई आकर्षण गर्न सोही अनुसार कार्यक्रमको ढाँचा लागु गर्न आवश्यक छ । समयमा कार्यक्रम सुरु गर्ने, कार्यक्रम अनुसार मुख्य व्यक्ति बाहेकलाई आसनग्रहण नगराउने, बोल्न आवश्यकताका आधारमा बढीमा २ देखि ३ जनालाई मात्रै दिने । बोल्नेहरुलाई ५÷७ मिनेट भन्दा बढी बोल्न नदिने । सहभागीहरुका कुनै सुझाव लिने । यसरी सबैले कार्यक्रमको ढाँचा बदलौं ।

प्रकाशित मिति : असार १५, २०८० शुक्रबार  ७ : २७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]