बैशाख १८, २०८१ मंगलबार

वडाध्यक्षको श्रीमतिले सुई लगाइदिदा झापामा १३ वर्षीया बालिकाको मृत्यू भएको परिवारको आरोप

विनोद सापकोटा

झापा । झापाको कुञ्जिबारीस्थित पूजा फार्मेसीमा सामान्य ज्वरो आएको विरामीलाई गलत औषधी प्रयोग गरेको कारण विमारीको मृत्यु भएको भन्दै फार्मेसी संचालकलाई पक्राउ गरेर कार्वाही गर्न पीडितले प्रशासनसँग माग गरेका छन् ।

गौरीगञ्ज गाँउपालिका वडा नम्बर १ कि १२ वर्षीया ज्योती कुमारी महतोलाई १३ गते दिउँसो देखि ज्वरो आएको थियो । आमा बुच्नी महतोले कुञ्जिबारीको पूजा फार्मेसीमा उपचारका लागि अपरान्ह ४ बजे पुराएको बालिकाको बुवा राम

विलास महतोले जानकारी दिए ।

क्लिनिक संचालक कार्तिकलाल राजवंशीकी श्रीमती कसुम राजंवंशीले ज्वरो आएको विरामीलाई डेक्सिन नामको इन्जेक्सन दिएकी थिइन् । गौरीगञ्ज गाँउपालिका वडा नम्बर १ का वडा अध्यक्ष समेत रहेका राजवंशी पसलमा नभएका बेला श्रीमतीले औषधी बेच्ने, सुई लगाइदिने र सामान्य चिरफार समेत गर्ने गरेको स्थानीयले बताए ।
ज्योतीलाई ज्वरोसँगै स्वास्प्रस्वासको पनि समस्या थियो । राजबंशीकी श्रीमती कुसुमले इन्जेक्सन लगाएपछि अव निको हुन्छ भन्दै घर पठाएकोे आमा बुच्नीले बताईन् । ‘छोरीलाई पहिला स्वाशप्रस्वासको समस्या थियो । कु्न्जिबारीको पूजा फार्मेसीमा ‘वाफ’ लगाएपछि निको हुन्थ्यो,’ आमा बुच्नीले भनिन्,‘ अस्ति पनि ‘वाफ’ को लागि लगेको थिए । उहाँले वाफ छैन भन्दै सुई लगाइदिनु भयो ।’

‘कुसुमले वाफ विग्रिएको छ । आज इन्जिेक्सन लगाईदिन्छु । निको हुन्छ भन्नुभयो । मैले पनि होला भनेर उहाँको कुरा सहजै स्वीकारे । तर, इन्जिेक्सन लगाएर घर पुर्याएको आधा घन्टामा वान्ता भयोे र केही समय पछि छोरीको मृत्यु भयो,’ आमा बुच्नीले भनिन् ।

फार्मेसीबाट घर पुर्याएको १ घन्टामा छोरी ज्योतीको मृत्यु भएको बुवा राम विलास महतोले बताए । उनका अनुसार ज्योतीलाई दिउसो २ बजे देखि ज्वरो आएको थियो । ज्योती स्थानीय बालकल्यायण माविमा कक्षा ६ मा अध्ययरत छात्रा हुन् ।

सामान्य ज्वरो आएको विरामीलाई गलत औषधीको प्रयोगले विमारीको मृत्यु भएको आफन्तजनको आरोप छ । फार्मेसी संचालक वडा अध्यक्ष र उनकी श्रीमती राजवंशीलाई पक्राउ गरेर कानुनी कार्वाही गर्नुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपुर्ती दिनुपर्ने, राजबंशी दम्पतीको योग्यता र क्षमताका कागजी प्रमाण जाँच गर्नुपर्ने लगायतका माग आफन्तले गरेका छन् ।

वालिकाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टम गरि आज विहान आफन्तले दाहसंस्कार गरेका छन् ।

स्थानीयले फार्मेसी संचालकलाई प्रहरीले पक्राउ गर्न आनाकानी गरेको आरोप लगाएका छन् । घटनाको तीन दिनसम्म पक्राउ गरेर कार्वाहीका लागि प्रकृया अगाडी नबढाएकोमा प्रहरी प्रशासनसँग आफन्त र स्थानीयले आपत्ति जनाएका छन् । तर, झापा प्रहरीले घटनाको बारेमा सामान्य जानकारी भएको प्रवक्ता खगेन्द्र प्रसाद रिजालले बताए ।

पोष्टमार्टम रिपोर्ट नआउन्जेल प्रहरीलले घटनाका बारेमा यसै भन्न नसक्ने उनले बताए । फार्मेसी संचालकले प्रयोग गरेको औषधी परिक्षणका लागि अस्पताल पठाईएको प्रहरीले जनाएको छ । फार्मेसी र संचालकको कागजात पनि प्रहरीले अनुसन्धानका लागि मागेको छ । घटनाका बारेमा दुबै पक्षलाई शुक्रबार इलाका प्रहरी कार्यालय झिलझिलेमा बोलाईएको प्रहरी श्रोतले बताएको छ ।

यता गौरीगञ्ज गाउँपालिकाका वडा नमबर १ का अध्यक्ष समेत रहेका क्लिनिक संचालक कार्तिक लाल राजवंशीले विरामीलाई सहि औषधी दिएको प्रतिकृया दिएका छन् । उनले फार्मेसी र संचालकको कागजी प्रमाणमा शंका गर्नुपर्ने कारण नभएको पनि बताए । उनले भने, ‘ राजनीतिमा आग्रह पुर्वाग्रह राख्ने व्यक्तिले के निहँु पाँउ भनेर खोजि रहेका थिए । अहिले यो घटनालाई जोडेर अतिरन्जित गरिदैछ ।’ कार्तिकलाल अनमी भएको स्थानीयले बताए ।

प्रकाशित मिति : असार १५, २०८० शुक्रबार  ३ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]