बैशाख २१, २०८१ शुक्रबार

पैसा सुरक्षित गर्न ओटिपी कोड कसैलाई नदिऊ

सम्पादकीय

झापाको चन्द्रगडीमा रहेको एनआइसी बैंकबाट १३ लाख रुपैयाँ गायव भएको खवर व्यापक चर्चामा छ । एउटा सेवाग्राहीको कारोवार बैंकका गोप्य र सुरक्षित हुन आवश्यक छ । तर, सेवाग्राहीले बचत गरेको रकम नै गाव हुन्छ भने बैंकमाथि अविश्वास बढ्दै जान्छ । हरेक नागरिकले आफ्नै घरमा पैसा राख्न सक्छन् । तर, घरमा भन्दा बैंकमा सुरक्षित हुने हुँदा बैंकमा बचत गरिएको हो । बैंकमा हुने कारोवारमा कुनै पनि कमजोर िहुन हुदैन । त्यसमा बैंक प्रशासन गम्भीर हुन आवश्यक छ ।

पछिल्लो समय बैंक तथा वित्तिय संस्थामा राखिएको पैसाको सुरक्षामाथि प्रश्न उठिरहेको छ । त्यसमा बैंकका कर्मचारीमाथि केहि आरोप लागेका घटनाहरु पनि छन् । कतिपय बैंकका कर्मचारीमाथि अहिले पनि अनुसन्धान चलिरहेको छ । बैंकमा पैसाको सुरक्षा नहुनुको अर्को कारण भनेको ओटिपी कोड हो । गोप्य राख्नुपर्ने कोड कसैले माग्नासाथ दिनुले पनि समस्या सिर्जना गरेको छ । बैंकको नाम लिएर मोबाइल वा इमेलमा आएको कोड कसैले मागेमा सहजै दिनुले पनि बैंकिङ कारोवार असुक्षित हुदैछ ।

अब, सबैले आफ्नो कारोवारलाई सुरक्षित राख्नका लागि ओटिपी कोडको सुरक्षा गर्नुपर्छ । बैंकहरुले आफै मोवाइलमा म्यासेज गरेर कसैलाई पनि ओटिपी कोड नदिन ग्राहकहरुलाई सुझाव दिइरहेका छन् । बैंकलाई कुनै बेला ओटिपी कोडको आवश्यकता पर्दैन भन्ने सूचित गराइसकेको छ । यसैले सम्पूर्ण ग्राहक वर्गले यस तर्फ ध्यान दिन आवश्यक छ । केही समयदेखि अनधिकृत व्यक्तिहरुले बैंकको कर्मचारी भएको बहाना बनाउँदै ग्राहकहरुसँग कोड मागेको सूचनाहरु बाहिर आएका छन् । तसर्थ, कसैले पनि बैंकको केवाइसी अपडेट गर्ने भन्दै मोबाइलमा आएको ओटिपी नम्बर उपलब्ध गराउन भन्दै फोन, मेसेज र इमेल गर्ने गरेको पाइएमा प्रहरीलाई खवर गरौं । ओटिपी प्राप्त भए पश्चात् मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्ग र कनेक्ट आइपीएस वा वालेट जस्ता उपकरणहरुको पासवर्ड रिसेट गरी अकाउन्ट एक्सेस गर्ने र ग्राहकको खाताबाट विभिन्न बैंक तथा वित्तीय संस्था एवं वालेटहरुमा रकमान्तर गर्ने प्रवृति बढ्दो क्रममा रहेकोले सबै सचेत बनौं ।

प्रकाशित मिति : असार १६, २०८० शनिबार  ९ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]