बैशाख १८, २०८१ मंगलबार

झापा गौरीगञ्जका ६५० घरधुरी बाढीको उच्च जोखिममा

विष्णुप्रसाद पोखरेल

दमक । झापाको गौरीगंज गाउँपालिकामा ६ सय ५० घरधुरी बाढीको उच्च जोखिममा रहेको पाइएको गाउँपालिकाले तथ्याङ्क निकालेको छ । पालिका स्तरीय विपत् व्यवस्थापन समितिले यस्तो तथ्याङ्क निकालेको हो ।

पालिका अध्यक्ष फूलवती राजवंशीका अनुसार सूक्ष्म रूपमा रेडक्रस सहितको सहभागितामा जोखिमको विषयमा अध्ययन र सर्वेक्षण गर्दा करिब ६ सय ५० घरधुरी बाढीको उच्च जोखिममा रहेको पाइएको हो ।

वर्षा सुरु भइसकेकाले विपद्को पूर्व तयारी, पूर्व चेतावनी प्रणाली, न्यूनीकरण÷ अल्पीकरण, रोकथाम र पुनर्संरचना, उद्धार तथा राहतका लागि आवश्यक तयारी समेत आफूहरूले गरेको उहाँले जानकारी दिनु भएको छ ।

पालिकाको दुई वार्डमा मात्र ४ सयभन्दा बढी घरपरिवार उच्च जोखिममा रहेका छन् । कनकाई खोलाले गौरीगंज गाउँपालिका वार्ड नं. १ र २ टुनुबस्ती, चौँरी, टप्पु, होकलवारी, हेम्नाडाँगी, भाकुरमारीलगायतका बस्तीका ४ सय घरधुरी उच्च जोखिममा रहेको राजवंशीले बताउनु भएको छ ।

यसै गरी कमल बनियानी खोला, रतुवा खोलाबाट पनि उच्च जोखिम रहेको छ । बाढी आएको समयमा खोज तथा उद्धारका लागि चाहिने अत्यावश्यक सामाग्रीहरूको जोह गर्न थालिएको उहाँले जनाउनु भएको छ ।

लाइफ ज्याकेट, ट्युब, डोरी, हेण्डल ब्याग, हेल्मेट प्लास्टिक,बेल्चा, रबर बोट, त्रिपाल, गमबुटलगायत आवश्यक पर्न सक्ने खाद्यान्नको जोह गर्ने निर्णय गरेका छौ, राजवंशीले भन्नुभयो ।

प्रकाशित मिति : असार २३, २०८० शनिबार  ११ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]