बैशाख १६, २०८१ आईतबार

पानीपोखरेल कुलवंश प्रतिष्ठान भद्रपुरको अध्यक्षमा लक्ष्मण पोखरेल निर्वाचित

विर्तामोड । पानीपोखरेल कुलवंश प्रतिष्ठान भद्रपुरको दोस्रो नगर अबिधेशनले लक्ष्मण पोखरेलको अध्यक्षतामा १९ सदस्यीय नगरसमिति गठन गरेको छ ।

प्रतिष्ठानका केन्द्रीय अध्यक्ष प्रेमप्रकाश पोखरेल फलाहारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अध्यक्ष धर्मराज पोखरेलले प्रस्तुत गर्नु भएको सांगठानिक प्रतिवेदन र कोषाध्यक्ष विवेक पोखरेलले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरिएको छ ।

समितिको उपाध्यक्षमा अम्विका पोखरेल, सचिवमा लावण्य पोखरेल, सहसचिवमा महेन्द्रकुमार पोखरेल र कोषाध्यक्षमा केदार पोखरेल निर्वाचित हुनुभएको छ । समितिको सदस्यहरुमा अम्बिका पोखरेल, भोजराज पोखरेल, नेत्र पोखरेल, यादब पोखरेल, आरती पोखरेल, आश्विनी पोखरेल, पद्मा पोखरेल, मुरारी पोखरेल, कपिलमणि पोखरेल, रमा पोखरेल, निरज पोखरेल, मुरारी पोखरेल र चन्द्र पोखरेल निर्वाचित हुनु भएको छ । तीन जना महिला सदस्य पछि थप गर्ने निर्णय भएको छ ।

पानीपोखरेल कुलवंश प्रतिष्ठानका केन्द्रीय महासचिव हिरा पोखरेलको अध्यक्षतामा विनोद पोखरेल र राम पोखरेल सदस्य रहनु भएको अध्यक्षमण्डलले समिति निर्वाचित गराएको हो । कार्यक्रममा धारणा राख्तै प्रतिष्ठानका केन्द्रीय अध्यक्ष प्रेमप्रकाश पोखरेल फलाहारीले प्रतिष्ठानले समाजमा उदाहरणीय काम गर्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा भद्रपुर नगरप्रमुख गणेश पोखरेल, पूर्वसांसद पुष्प पोखरेल र प्रेस काउन्सिलका सदस्य गणेशप्रसाद पोखरेलले अग्रजको कामको उच्च प्रशंसा गर्दै आगामी दिनमा योजना बनाएर अगाडि बढ्न आग्रह गर्नुभयो । सो अवसरमा नवनिर्वाचित अध्यक्ष लक्ष्मण पोखरेलले प्रतिष्ठानलाई समाजको हितका लागि क्रियाशील बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रतिष्ठानका दाता गुप्तराज पोखरेल र झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेललाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : असार २४, २०८० आईतबार  ८ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]