बैशाख १७, २०८१ सोमबार

झापाबाट केन्द्रीय सदस्यमा जम्मरकट्टेलको उम्मेदवारी घोषणा

बिर्तामोड । नेपााल शैक्षिक पराममर्श संघ (इक्यान) झापाबाट केन्द्रिय सदस्यमा निर्वतमान अध्यक्ष सुमन शर्मा जम्मेरकट्टेलले उम्मेद्वारी घोषणा गरेका छन् ।

झापा शाखाबाट सर्वसम्मत रुपमा जम्मरकट्टेललाई केन्द्रिय सदस्यमा उम्मेद्वार निर्णय गरिएको हो । कट्टेललाई कोशी प्रदेश अन्र्तगत पूर्वाञ्चलन इक्यानको पनि सर्मथन रहेको छ । इक्यान झापाले आइतबार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी जम्मरकट्टेललाई केन्द्रिय सदस्यमा उम्मेद्वारी घोषणा गरेको हो ।

आफ्नो उम्मेवारी घोषणा गर्दै उनले इक्यानको केन्द्रिय नेतृत्वमा पुगेपछि विदेशी विद्यार्थीलाई नेपालमा नै अध्ययन गर्ने वातावरण सिर्जना गर्न पहल गर्ने प्रतिबद्धता जनाए ।

उनले आफु कोशी प्रदेशबाट साझा उम्मेद्वार बनेकाले आगामी असार ३० गते काठमाण्डौंमा हुने इक्यानको ९ औं महाधिवेशन तथा १७ औं वार्षिक साधारणा सभाबाट सर्वसम्मत रुपमा निर्वाचित हुने विश्वास ब्यक्त गरे ।

इक्यान झापाका उपाध्यक्ष तथाा बिर्तामोड-३ का वडाध्यक्ष मदन बुढाथोकीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सञ्चालन सचिव राज कार्कीले गरेका थिए । झापाका इक्यानका १८ जना मतदाता रहेका छन् भने देशभर चार सय ६७ जनाले मतदान गर्न पााउने बताइएको छ ।

सर्वसम्मत रुपमा जम्मरकट्टेललाई निर्वाचित गर्नका लागि केन्द्रसहित देशभर रहेका शाखाहरुसंग छलफल र परामर्श गरिरहेको बताइएको छ । इक्यान झापााले राजनीतिक भागबण्डा नगर्ने र सबैलाई सर्वसम्मत रुपमा अगाडी बढाउने उद्धेश्य अनुरुप निर्वतमान अध्यक्ष जम्मरकट्टेललाई साझा उम्मेद्वारका रुपमा अघि बढाएको हो ।

प्रकाशित मिति : असार २५, २०८० सोमबार  ९ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]