जेष्ठ ६, २०८१ आईतबार

आसाम डाउनटाउनले फेरि दियो नेपाली विद्यार्थीलाई १६ करोड छात्रवृत्ति

बिर्तामोड । आसाम डाउन टाउन युनिभर्सिटीले नेपाली विद्यार्थीलाई गत वर्षको तुलनामा दोब्बर छात्रवृत्ति दिने भएको छ । गएको वर्ष ८ करोडको छात्रवृत्ति दिएको युनिभसिैटीले यो वर्षका लागि १६ करोड छात्रवृत्ति उपलब्ध गराउने घोषणा गरेको छ । उक्त जानकारी आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।

लक्ष्मी एजुकेशनल कन्सलटेन्सीका सञ्चालक एवम् युनिभर्सिटीका नेपाल प्रतिनिधी शंकर भट्टराईले छात्रवृत्ति बारे जानकारी दिउका हुन् । गत वर्ष विभिन्न विषयमा अध्ययनका लागि ७० जना विद्यार्थी डाउन टाउन गएको भट्टराईले जानकारी दिए । उनका अनुसार १६ करोडको छात्रवृत्तिका लागि २ सय विद्यार्थीले अवसर पाउने छन् ।

प्राविधिक विषयमा गुणस्तरीय र सुरक्षित मानिएको आसाम डाउन टाउनले नेपाली विद्यार्थीहरुलाई विशेष प्राथमिकता दिएको छ । हरेक वर्ष छात्रवृत्ति दिदैं आएको युनिभर्सिटीले ७ वटा देशका विद्यार्थीलाई पढाउने काम गरिरहेको भट्टराईले जानकारी दिए ।

भट्टराईका अनुसार छात्रवृत्ति पाउने विद्यार्थीले अध्ययन अवधिभर कुनै शुल्क नलिने छैन । आवास र खानपानका लागि विद्यार्थीले रकम बुझाए हुनेछ । युनिभर्सिटीको मापदण्डमा पर्ने हरेक विधार्थीले छात्रवृत्ति पाउने बताइएको छ ।
होटल म्यानेजमेन्ट, व्यवस्थापन, पारामेडिकल लगायत प्राविधिक अध्यापन भइरहेको डाउन टाउनमा नोपली विद्यार्थीको आकर्षण पनि बढ्दो छ । भारतको आसाम स्थित गुहाटीमा रहेको युनिभर्सिटीले नेपालका नेतृत्वदायी शैक्षिक संस्थानसँग समन्वय गरेर काम गर्दै आएको छ ।

प्रकाशित मिति : असार २९, २०८० शुक्रबार  ५ : १८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]