बैशाख ११, २०८१ मंगलबार

सम्पादकीय : कमाउने धन्दाले फसिएला

नेटवर्किङ व्यवसाय अवैध हो भन्ने सबैले बुझ्न जरुरी छ । केहि वर्षअघि आएको युनिटीमा लाखौं नागरिकको अरवौं रुपैंयाँ डुब्यो । केहि सञ्चालक फरार छन् भने केहि जेल जीवन विताइरहेका छन् । फेरि पछिल्लो समय भारतबाट सञ्चालित नेटवर्किङ व्यवसाय नेपालमा जरा गाड्यो । सरकारका निकायले त्यस्ता व्यवसाय गर्नेहरुलाई कानुनी दायरामा ल्यायो । भर्खरै झापा, मोरङ र सुनसरीमा त्यस्तै ठगि खाने गरी नेटवर्किङ व्यवसाय गरेको पाइएको छ । तिन जनालाई बिर्तामोड प्रहरीले नियन्त्रणमा नै लिइसक्यो । उनीहरुको आवश्यक अनुसन्धान प्रहरीले गरिरहेको छ ।

सिर्जनशिल समाज नेपाल नामक संस्थाले तिन जिल्लाका महिलालाई गुमराहमा राखेर अर्बौ ठगि गर्न लागेको घटना सार्वजनिक भयो । सोहि संस्थाले लक्ष्य मुस्कान नामक कार्यक्रम अघि सारेर बेराजगार महिलाहरुलाई विभिन्न सपना बाँढ्दै परिचालन गरिरहेको रहेछ । हरेक महिलालाई मासिक १५ हजार तलव र एउटा फर्म भराए वापत १ सय दिने सहमतिका काम गराएको भेटियो । निःशुल्क स्वास्थ्य उपचार पाउने भएपछि हरेक महिलाले आफन्त, नातेदार , छरछिमेकलाई फर्म पनि भराए । जुन फर्ममा व्यक्तिका सबै गोग्य विवरण पनि भराउनु पर्ने उल्लेख छ । तर, हरेक फर्म ठगिको लागि भराइएको महिलाहरुले पछि मात्र थाहा पाए ।

स्वास्थ्योपचार पाउने भएपछि सबैले फर्म भरे । फर्मको एक ठाउँमा च्यारिटि सोमा उपस्थित हुने भन्दै हस्ताक्षर समेत गराउने गरिएको पाइयो । जसका लागि २ हजार तिर्नुपर्ने नियम बनाइएको छ । तिन जिल्लामा १०४ जना महिलालाई अभिकर्ता बनाइएको कार्यक्रममा हरेकलाई २÷२ हजार फर्म भराई सबैसँग २÷२ हजार संकलन गर्न भनिएको थियो । यसरी संकलन गर्दा १ अर्ब २४ करोड ८० लाख संकलन हुन्छ । संस्थामा सञ्चालकले यसरी तिन जिल्लामा सञ्जाल बनाएर ठगि गरिरहेका छन् । उनीहरु प्रहरी नियन्त्रणमा समेत परिसके ।

सरकार भन्दा बलियो, विभिन्न राष्ट्रका कम्पनीमा करोडौं लगानी लगायतका दर्जनौं भ्रम छरेर आकर्षित बनाउने सञ्चालकलाई कानुनी उपचारबाट उन्मुक्ति दिन मिल्दैन । यदि उन्मुक्ति पाए भने प्रहरी माथि नागरिकको विश्वास घट्ने छ । यसैले उनीहरुले कहाँ–कहाँ कसर िठगि गर्दैछन् , खोजी गरी आवश्यक कारवाही गर्न अपरिहार्य छ । र, आम नागरिक पनि सचेत हुनुपर्छ ।

प्रकाशित मिति : मंसिर ३, २०७६ मंगलबार  ८ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]