बैशाख २१, २०८१ शुक्रबार

मलाई नखोज्नु भन्दै हिडेका गौरादहका सुन व्यवसायी सोम विश्वकर्मा पक्राउ

बिर्तामोड । मलाई नखोज्नु भन्दै सम्पर्क विहीन भएका झापा गौरादहका सुनचाँदी व्यवसायी सोम विश्वकर्मा आज काँकडभिट्टाबाट पक्राउ परेका छन् । उनलाई झापा प्रहरीको टोलीले नेपाल प्रवेश गरे लगत्तै पक्राउ गरेको हो ।

गत असार १५ गते चिठी लेखेर वडा नं. १ का वडाध्यक्ष नगेन्द्र भण्डारीको म्यासेन्जरमा पठाएर सम्पर्क विहीन भएका विकलाई पक्राउ गरी चन्द्रगडी हिरासतमा राखिएको छ । गौरादहबासीको करोडौं रकम ठगी गरेर भागेका विश्वकर्मा सिक्किम, दार्जिलिङसहित भारतको विभिन्न ठाउँ घुमेर फर्किएको बुझिएको छ । भारतीय नम्बर झापा प्रहरीले भेटेपछि विश्वकर्मा भाग्न नपाएको झापा प्रहरीले जनाएको छ ।

गौरादहका ४६६ जनाको २४ करोड ६५ लाख ३ सय ५५ रुपैयाँ हिनामिना गरेर उनी फरार भएका थिए । उनीविरुद्ध इलाका प्रहरी कार्यालय दमकमा पीडितहरुले ठगी मुद्धा दर्ता गरिसकेको वडाध्यक्ष भण्डारीले जानकारी दिएका छन् । प्रहरीका अनुसार उजुरीका आधारमा अब कानुनी प्रक्रिया अघि बढ्नेछ ।

प्रकाशित मिति : श्रावण ४, २०८० बिहीबार  ७ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]