बैशाख २०, २०८१ बिहीबार

जनता आवास कार्यक्रम अन्तर्गत २० वटा घर निर्माण हुने

लक्ष्मी उप्रेती

मेचीनगर – जनता आवास कार्यक्रम अन्तर्गत कोशी प्रदेशको झापा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा निर्वाचन १ र २ ‐क र ख) मा थप २० वटा घर निर्माण गरिने भएको छ । यसका लागि ६६ लाख ४० हजार रुपैयाँ लाग्ने छ ।

प्रदेशसभा निर्वाचन १ र २ ‐क र ख) मा क्रमस १०-१० गरी कुल २० वटा घर निर्माण गरिने बताइएको छ । यसका लागि लाभग्राहीहरु छनोट गरिएको शहरी विकास तथा भवन कार्यालय इलाम कोशी प्रदेशले जनाएको छ ।

प्रदेशसभा निर्वाचन १‐क) का प्रदेशसभा सदस्य गोपाल तामाङ्गका अनुसार उहाँको क्षेत्रमा लाभग्राही छनौट गरिएको छ । प्रदेशसभा सदस्य तामाङको निर्वाचनक्षेत्र अन्तर्गतको मेचीनगरका विभिन्न वडामा १० वटा घर निर्माण हुने बताइएको छ । कोशी प्रदेश सरकार अन्योलमा र अध्यादेश मार्फत बजेट आएकाले आफु पनि अन्योलमा परेको उहाँको भनाई छ । तर, पनि आफ्नो निर्वाचनक्षेत्रमा लाभग्राहीको छनौट कार्य सम्पन्न भइसकेको उहाँको भनाई छ ।केही दिनमा स्थानीयसँग छलफल गरिने उहाँको भनाई छ ।

प्रदेशसभा निर्वाचन २ ‐ख) का प्रदेशसभा सदस्य सविना बजगाईँबाट मेचीनगरमा ९ तथा बुद्घशान्ति गाउँपालिकाको एउटा वडा गरी १० जना लाभग्राही छनौटमा भएको उहाँको सचिवालयले जनाएको छ । कोशी प्रदेश सरकारले दलित समुदायमा पनि पिछडिएको समुदायलाई प्राथमिकतामा राखेर जनता आवास कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिएको छ ।

ती समुदायमा पनि आवास बिहीन जनतालाई प्राथमिकतामा राखेर आवास निर्माणका लागि लाभग्राही छनौट गरिएको प्रदेशसभा सदस्य सविना बजगाईँले जानकारी दिनुभयो । जनता आवास कार्यक्रम अन्तर्गत लोपोन्मुख सीमान्तकृत र दलित जाजातिका अति विपन्न परिवारकालागि घर बन्ने हो । मेचीनगरको वडानम्बर १२ मा ५, वडानम्बर १३ मा ४ तथा बुद्घशान्ति गाउँपालिकाको वडानम्बर ५ मा एउटा गरी कुल १० वटा घर निर्माण हुने प्रदेशसभा सदस्य बजगाईँको सचिवालयले जनाएको छ । सवै वडाको लाभग्राही छनौट गरिसकिएको छ । लाभग्राहीमा मेचीनगर —१२ का नरमाया सार्की, मीना विश्वकर्मा, समशेरबहादुर दर्जी, सुरेशसुन्दास दर्जी र ईश्वर मुर्मु वडानम्बर— १३ का चन्द्रकुमार दास, शर्मिला शंकर विश्कर्मा, केशव विश्वकर्मा रुककुमार बागदास हुनुहुन्छ । यसैगरी, बुद्घशान्ति गाउँपालिका— ५ की पवित्रा सरदारको घर समेत निर्माण हुने भएको छ ।

आवास निर्माणका लागि घरको डिजाइनसहित प्रदेश सरकारले ३ लाख ३२ हजार रुपैयाँ उपलब्ध गराउनेछ भने लाभग्राहीले श्रमदान, नगद वा निर्माण सामाग्री उपलब्ध गराएर १० प्रतिशत लागत सहभागीता जनाउनुपर्ने व्यवस्था छ ।सरकारी घोषणा अनुसार जनता आवास कार्यक्रम अन्तर्गत झापाको यसक्षेत्रमा यसअघि पनि घर निर्माण भइसकेका छन् ।

प्रकाशित मिति : श्रावण ९, २०८० मंगलबार  १ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]