बैशाख २२, २०८२ सोमबार

युवा संघका सचिव भण्डारीको नेतृत्वमा बाढी प्रभावितलाई २० क्वीन्टल चामल ताप्लेजुङ पठाइयो

बिर्तामोड । राष्ट्रिय युवा संघ नेपालले गत असार २ गते राति अविरल वर्षासँगै हेँवा खोलामा आएको बाढीले क्षति पुर्याएको क्षेत्रमा पीडित परिवारको लागि राहत पठाएको छ ।

युवा संघ नेपालले आज बिर्तामोडबाट २० क्वीन्टल चामल राहत ताप्लेजुङ पठाएको हो । संघका केन्द्रीय सचिव पर्वतराज भण्डारीको उपस्थितिमा ताप्लेजुङको बाढी प्रभावित क्षेत्र सिदिङ्वा,मैयाखोला, सिरिजंघा गाउँपालिकाका लागि चामल पठाएको संघका केन्द्रीय सचिव भण्डारीले जानकारी दिए । उनले संघको केन्द्रीय निर्देशन अनुसार राहत संकलन कार्य सुरु गरि पठाउन थालिएको बताए । सचिव भण्डारीले मोरङ, सुनसरी जिल्लामा समेत राहत संकलनको कार्य भईरहेकोले तुरुन्तै बाढी प्रभावित क्षेत्रमा राहत पठाउने जानकारी दिए ।

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका अध्यक्ष दिपेन पोमुलाई बिर्तामोडमा सचिव भण्डारीले राहत वापतको चामल हस्तान्तरण गरेका हुन् । अध्यक्ष पोमुले युवा संघ नेपाललाई धन्यवाद दिँदै प्रभावित क्षेत्रमा लगेर वितरण गर्ने बताए ।

राहत हस्तान्तरण कार्यक्रममा आठराई त्रिवेणी गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष टेकिन्द्र सेन्दाङ, राष्ट्रिय युवा संघ नेपाल बिर्तामोड नगरकमिटी अध्यक्ष रोहित ओली लगायत युवा संघका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : श्रावण १२, २०८० शुक्रबार  १० : ३८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]