जेष्ठ ६, २०८१ आईतबार

बिर्तामोडमा तक्षशीलाको सेवा विस्तार, उपचारमा २० प्रतिशत छुट

बिर्तामोड । झापाको बिर्तामोड– ६ स्थित तक्षशीला प्रोग्रेसिभ इङ्लिस स्कुलले गुणस्तरीय शिक्षाका लागि सेवा विस्तार गरेको छ ।

राजधानी बाहिर पहिलो पटक बेलायतको क्याम्ब्रिज विश्वविद्यालयसँग आबद्ध भएको तक्षशीला प्रोग्रेसिभ इङ्लिस स्कुलले अन्तर्राष्ट्रिय स्तरको आधुनिक प्रणालीमा पठनपाठन गराउने गरी सेवा विस्तार गरेको हो । विद्यालयले भर्खरैबाट स्विमिङ पुल, नयाँ स्मार्ट कक्षा कोठा , लाइब्रेरीलगायतका सुविधा थप गरेको छ । विद्यार्थीहरूलाई स्विमिङ सिकाउनका लागि विद्यालयले ८३×४३ फुटको स्विमिङ पुल निर्माण गरेको हो । तीनदेखि पाँच फुट गहिराई भएको स्विमिङ पुलमा शिक्षक राखेर पौडिन सिकाउने विद्यालयले जनाएको छ ।

त्यस्तै ८० जनाभन्दा बढी विद्यार्थी अट्ने क्षमता भएको लाइब्रेरी निर्माण गरिएको छ । जहाँ ३ हजारभन्दा बढी पुस्तक राखिएको विद्यालयका एकाडेमिक डाइरेक्टर डा. भिक्टोर इग्नेसियस जोन जोसेफले बताए । त्यस्तै कक्षा १ का विद्यार्थीहरूका लागि तीन वटा स्मार्ट कक्षा कोठा निर्माण गरिएको छ । अन्तर्राष्ट्रिय स्तरको सेवा सुविधा भएको एउटा कक्षा कोठामा २० जनाका दरले अट्ने गरी ३ वटा कक्षा कोठा निर्माण गरिएको एकाडेमिक डाइरेक्टर डा. जोसेफले बताए । हरेक कक्षा कोठामा अलग अलग थिमअनुसार डेकोरेशन गरिएको उनले बताए । विद्यार्थीहरूलाई पेन्सिल , जङ्गल र पानीमुनि बसेको जस्तो अनुभूति गराउने गरी कक्षा कोठा तयार गरिएको उनले जानकारी दिए ।

नयाँ कक्षा कोठा, स्विमिङ पुल र लाइब्रेरीको विद्यालयका सञ्चालक दुर्गा प्रसाईँले उद्घाटन गरे । उनले काठमाडौँ , विराटनगरलगायतका जिल्ला बाहिरका विद्याथीहरुलाई समेत लक्षित गरी अन्तर्राष्ट्रिय स्तरको विद्यालय आफूहरूले सञ्चालन गरेको बताए । उनले भारतको दार्जिलिङभन्दा राम्रो शिक्षा दिने आफूहरूको योजना रहेको बताए ।

भिभावकहरूको समेत उपस्थिति रहेको कार्यक्रममा कक्षा १ का शिक्षिकाहरू शक्तिकुमारी तामाङ, अनिमा गिरीले विद्यालयमा हुने गरेको पठनपाठनको शैलीबारे जानकारी दिएका थिए । उनीहरूले विद्यार्थीहरू बिदाका दिन पनि घरमा बस्न नमानी विद्यालयमै जान खोज्ने गरी आफूहरूले वातावरण बनाएको बताए । कार्यक्रममा विद्यार्थीहरूले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

तक्षशीला प्रोग्रेसिभ इङ्लिस १७ वर्षअघि स्थापना भएको हो । तर, नयाँ व्यवस्थापनमा विगत ६ महिनादेखि सञ्चालनमा रहेको छ । बेलायतको क्याम्ब्रिजसंगै तक्षशीला ब्रिटिस काउन्सिलसँग पनि आबद्ध भएको छ । आफू ब्रिटिस काउन्सिलको एम्बासेडर भएको एकाडेमिक डाइरेक्टर डा. जोसेफले बताए । त्यस्तै सो विद्यालय भारत आन्ध्र प्रदेशको एस. आर. एम. युनिभर्सिटीसँग पनि आबद्ध भएको छ भने स्विडेनको लिटल आइन्सटाइनसंग आबद्धता जनाएको तक्षशीलाले आगामी सरस्वती पूजादेखि मोन्टेश्वरी कक्षा सञ्चालन गर्ने भएको छ ।

तक्षशीलाले क्लिनिक , विज्ञान प्रयोगशाला , सुविधा सम्पन्न मल्टिपर्पोज हल पनि निर्माण गर्न लागेको जनाएको छ । तक्षशीलामा अध्ययनरत विद्यार्थीहरूका लागि बीएण्डसी हस्पिटलमा उपचार गराउँदा २० प्रतिशत छुट गराउने सहमति भएको एकाडेमिक डाइरेक्टर डा. जोसेफले जानकारी दिए ।

प्रकाशित मिति : श्रावण १३, २०८० शनिबार  ८ : ३० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]