असार २, २०८१ शनिबार

भद्रपुर नगरलाई अनेरास्ववियुले गरायो ध्यानाकर्षण

बिर्तामोड । भद्रपुर नगरपालिकालाई तीन बुँदे माग सहित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले ध्यानाकर्षण पत्र बुझाएको छ ।

अनेरास्ववियु झापाको जिल्लाका १५ वटै पालिकालाई ध्यानाकर्षण गर्ने आइतबारबाट अभियान प्रारम्भ भएको छ । अनेरास्ववियु झापाले आइतबार कनकाई नगरपालिकालाई ध्यानाकार्षण पत्र बुझाउँदै थालनी गरेको उत्तः अभियानलाई निरन्तरता दिँदै आज भद्रपुर नगरपालिकालाई विज्ञप्ति बुझाएको हो । अनेरास्ववियुको केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज रोशन लामाको नेतृत्वमा विद्यार्थीहरुले भद्रपुर नगरपालिकालाई ध्यानाकर्षण गराएका हुन् ।

संविधानले विद्यार्थीहरुलाई प्रदान गरेको माविसम्मको निःशूल्क शिक्षाको हक अधिकार उपलब्ध गराउँदै शैक्षिक क्षेत्रको विसंगति विरुद्ध अनेरास्ववियु झापाले अभियान सञ्चालन गरेको हो ।

अनेरास्ववियुले आफ्नो तीन बुँदे माग सहित ध्यानाकर्षण पत्र बुझाएको हो । अनेरास्ववियुको तीन बुँदे मागमा नेपालको संविधान २०७२ को भाग ३ धारा ३१ को उपधारा २ मा राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउनुपर्ने भनी मौलिक हकको रुपमा दर्ज गरेको तर विद्यालयहरुले मनोमानी ढंगबाट चर्को शुल्क लिने गरेको पाइएकाले संविधानको उक्त मौलिक हकलाई तत्काल कार्यान्वयन गर्नुपर्ने । नीजि शैक्षिक संस्था संचालन ऐन अनुसार जम्मा विद्यार्थी संख्याको १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति प्रदान गरि भर्ना गराउनु पर्नेमा सो प्रकारको छात्रवृत्ति वितरण गरेको नपाइएकाले उक्त ऐनको नियमन गर्नपर्ने । साथै, छात्रवृत्ति वितरण प्रकृयालाई पारदर्शी बनाउन अनिवार्य सूचना पाटीमा प्रकाशन गर्नुपर्नेमा कागजी रुपमा मात्र छात्रवृत्ति वितरण गरेको पाइएकाले उक्त वितरण प्रकृयालाई नियमन गर्दै पारदर्शी बनाउनु पर्ने ।

विभिन्न विद्यालयहरुमा भिन्न भाषाको माध्यमबाट शिक्षा दिने नाममा अधिक शुल्क लिने र एउटै विद्यालयमा विद्यार्थीलाई दुई वर्गमा विभाजन गर्ने प्रवृत्तिलाई अन्त्य गर्दै सबै विद्यार्थीहरुलाई समान, गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने लगायतका मागहरु राखेका छन् ।

अनेरास्ववियु झापाका अध्यक्ष बलराम गिरीले अनेरास्ववियुले विद्यार्थीको हक स्थापित गराउन मात्र हैन त्यसलाई प्राप्त पनि गराउने बताएका छन् । उनले संविधानले विद्यार्थीलाई प्रदान गरेको हक अधिकार कुनै पनि हालतमा विद्यार्थीहरुलाई उपलब्ध गराउने दावी गरेका छन् । साथै अनेरास्ववियु शैक्षिक वेथितिको विरुद्ध लड्ने विद्यार्थी संगठन भएको जिकिर गर्दै उनले सम्पूर्ण विद्यार्थीहरुलाई अनेरास्ववियुमा जोडिन अपिल समेत गरेका छन् ।

प्रकाशित मिति : श्रावण १५, २०८० सोमबार  ६ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]