जेष्ठ २, २०८२ बिहीबार

आशा जगाउने कसले ?

सम्पादकीय

मुलुकमा अहिले सुन तस्करीको घटनाले चर्चामा छ । सुन तस्करीमा माओवादी नेताहरुको सम्बन्ध देखिएको विभिन्न कोणबाट प्रश्न उठाइएको छ । यसअघि ललिता निवास प्रकरणमा उच्च तहका व्यक्तित्वहरु पक्राउ परिसकेका छन् । अझै पनि अनुसन्धानको काम चलिरहेको छ । ललिता निवास अघि नक्कली शरणार्थीको घटना तहल्का मच्चायो । जहाँ देशको विभिन्न जिम्मेवारीमा रहेर नेतृत्व गरिसकेका पूर्व मन्त्रीहरु नै थुनामा छन् । पछिल्ला घटनाहरु हुन्, यि सबै । यस प्रकारका कयौं घटनाहरु चर्चामा आएका छैनन् । कतिपय घटनालाई दवाइएका छन् ।

देशको परिस्थिति छर्लङग छ । कोभिड महामारीले थलिएको मानव जीवन उठ्न खोजिरहेको छ । आर्थिक रुपमा कोलाहाल बनेको नागरिकको जीवन समस्याबाट प्रताडित छ । राजनीतिक क्षेत्रको अवस्था उत्तिकै दुषित छ । कमै नेताहरु मात्रै देशको पक्षमा देखिएका छन् । बाँकी नेताहरु सबै आफ्नो स्वार्थ पुरा गर्न दौडिइरहेका छन् । नागरिकको जीवनभन्दा पनि आफ्नो जीवनलाई माथि राखेर नेताहरु आर्थिक फाइदाका लागि क्रियाशिल देखिन्छन् । नेताहरुको अस्थिरता, सरकारको अस्थिरताले देश विस्तारै कमजोर भइरहेको छ । तर, यस तर्फ कसैलाई पनि मतलव भएको पाइदैन ।

व्यापारमा लागेको मान्छे फाइदा कमाउने ध्याउन्नमा छ । राजनीतिमा लागेका मान्छे सांसद, मन्त्री कसरी हुने भन्ने दौडमा छन् । मन्त्री भएकाहरुको दौड कमाउने नै हो कि भन्ने बुझिन्छ । दलका ठुला नेताहरु हरेक दिन गाली गलौचमा उत्रिदै ठिक्क छ । यहि अवस्थाबाट देश कुन गन्तव्यमा पुग्ला ? हरेक दिन अन्तराष्ट्रिय विमानस्थलबाट उर्जावान युवाहरु विदेश गइरहेका छन् । धनाढ्यका छोराछोरीहरु राम्रो देश उडिरहेका छन् । गाउँघरमा खेतीयोग्य जमिन उजाड बन्दैछ । कोहि पनि देशमा जीवन चलाउन सक्ने गरीको गफ समेत गर्न छोडिसके । यहि अवस्थाबाट अब कसरी आशा जगाउने ? कसै न कसैले त सोच्नैपर्छ । देशको लागि नसोच्ने हो भने अब भावी पुस्ताले ठुलो दुःख झेल्नुपर्नेछ । समयमै सोचौं । स्थानीय सरकारले गम्भीर बनेर देखाओस् ।

प्रकाशित मिति : श्रावण १६, २०८० मंगलबार  ९ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]