जेष्ठ २, २०८२ बिहीबार

आँखामा हेल्चेक्राई नगरौं

सम्पादकीय

केहि दिनदेखि आँखा रातो हुने समस्या देखा पर्न थालेको छ । आँखा पाकेको जस्तै हुने समस्याले धेरैलाई सताएको छ । आँखा रातो हुने समस्याले धेरैको दैनिक जीवन प्रभावित भएको छ । मौसल परिर्वनका कारण दखिएको आँखाको समस्यामा कसैले पनि लापरबाही गर्न हुदैन । यसको बेलैमा हेरचार र उपचार नगरेमा ठुलो समस्या आइसर्न सक्नेछ । बालबालिकादेखि ठुलो उमेर समूहमा पनि आँखाको समस्या देखिएको छ । एकबाट अर्को व्यक्तिलाई सजिलै सर्ने भएकाले संक्रमितहरु सुरक्षित भएर बस्नुपर्छ ।

देशभर फैलिएको यो रोग भीडभाड हुने ठाउँहरुमा धेरै देखिन थालेको छ । विद्यालय, बैंक, वित्तीय संस्थाहरुमा आँखा पाक्ने रोग अत्याधिक पाइन्छ । चिकित्सकहरुका अनुसार आँखामा समस्या देखिएमा घरमै बसेर हेरचाह गर्नुपर्छ । बारिह हिडडुल गर्न हुदैन । हरेक वर्ष मौषम परिवर्तनको समयमा देखिने रोग वर्षायाममा यसको किटाणु सक्रिय हुने गर्दछ । ब्याक्टेरिया, भाइरल र एलर्जी यो रोग हुने मुख्य कारण भएको चिकित्सकहरु बताउँछन् । यसको सामान्य संक्रमण हुदै उपचार नगरेमा वा लापरबाही गरेमा समस्या बढेर जाने खतरा हुन्छ ।

आँखामा देखिएको समस्याबाट आत्तिनु हुदैन । र, यसप्रति गलत धारणा पनि बनाउन हुदैन । यसको समाधानका लागि केहि समय लागे पनि विकल्प भनेको उपचार नै हो । आँखामा सफा चिसो पानीले सफा गर्नुपर्छ । भित्र पानी नपस्ने गरी सफा गरेर आँखा छोइसकेपछि हरेक पटक साबुन पानीले हात सफा गर्नुपर्ने चिकित्सको सूझाव छ । आफूले प्रयोग गर्ने रुमाल, टावेल, कपडा छुटाछुट्टै राखेर अरुलाइ प्रयोग गर्न तथा छुन दिन हुदैन । भिड भाड हुने ठाउहरुमा नजाने, आफू सुतेको ठाउँको कपडा सफा राख्ने गर्नुपर्छ । कालो चस्माको प्रयोग गर्नाले तत्कालै राहत पनि मिल्छ । घरायसी रेखदेखबाट समस्याको समाधान हुने छाँटकाँट नदेखिएमा आँखा अस्पताल जानुपर्छ । जवरजस्त घरमै उपचार हुन्छ भन्ने भ्रम पालेर बसियो भने दृष्टिविहीन हुने खतरा बढेर जान्छ । यसैले आँखा संवेदनशिल अंग हो । लापरबाही नगरौं ।

प्रकाशित मिति : श्रावण १७, २०८० बुधबार  ८ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]