जेष्ठ ६, २०८१ आईतबार

शिक्षा सुधारका लागि अनेरास्ववियुको अभियान

बिर्तामोड । अनेरास्ववियु झापाले शिक्षा क्षेत्र सुधार तथा संविधानमा उल्लेख भएका मौलिक अधिकार कार्यान्वयन गर्न माग गरेको छ । शिक्षा क्षेत्रमा देखिएका विकृति, विसङ्गतिको अन्त्य गर्न माग राख्दै झापामा १५ वटै स्थानीय तहमा ज्ञापनपत्र बुझाउने अनेरास्ववियुले अभियान सञ्चालन गरि रहेको छ ।

अनेरास्वियुका झापाका जिल्ला इन्चार्ज रोशन लामा, जिल्ला अध्यक्ष बलराम गिरीसहितको विद्यार्थीहरुको टोलीले स्थानीय तहको शिक्षा शाखामा ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापनपत्रमा माध्यमिक तहसम्मको शिक्षा निशुल्क गर्नुपर्ने, निजी शैक्षिक सस्थाले दिएको १० प्रतिशत छात्रवृतिको वितरण प्रभावकारी बनाइनुपर्ने, विभिन्न विद्यालयमा फरक शिक्षाका नाममा शूल्क असुल्ने प्रवृति बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न माग गरिएको छ । अनेरास्ववियुले कनकाई, मेचीनगर, भद्रपुर र विर्तामोड नगरमा विज्ञप्ति बुझाई सकेको छ ।

प्रकाशित मिति : श्रावण १७, २०८० बुधबार  ५ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]