बैशाख २१, २०८१ शुक्रबार

काँकरभिट्टा बहुमुखी क्याम्पस स्ववियुको आयोजनामा जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता

मेचीनगर । मेचीनगरमा जिल्लाभरका क्याम्पस स्तरीय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । स्वतन्त्र विद्यार्र्थी युनियन (स्ववियु) काँकरभिट्टा बहुमुखी क्याम्पसको आयोजनामा यही भदौ १५ गतेबाट स्थानीय तुर्केनी खेल मैदानमा प्रतियोगिता आयोजना हुने भएको हो ।

क्याम्पसमा अध्यनरत विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदानमा सहयोग गर्ने उद्देश्यका साथ स्ववियु समितीले उक्त प्रतियोगिता आयोजना गर्ने भएको हो । खेल क्षेत्रलाई प्राथमिकतामा राखी खेलको विकासमा समेत टेवा पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको काँकरभिट्टा बहुमुखी क्याम्पस स्ववियु सभापति विशाल तामाङले बताए ।

खेल संयोजक योगेन्द्र खड्का ९बरदान०का अनुसार भदौ १५ बाट शुरु हुने प्रतियोगितामा जिल्लाभरका २० वटा कलेज सहभागी हुने आँकलन गरिएको छ । प्रतियोगिताको प्रथम र दोस्रो पुरस्कार क्रमशः नगद ५० हजार र ३० हजारसँगै ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

प्रकाशित मिति : श्रावण १७, २०८० बुधबार  ८ : १५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]