बैशाख २१, २०८१ शुक्रबार

२६ वर्षपछि बन्दैछ काँकरभिट्टामा ट्राफिक कार्यालय भवन

मेचीनगर । दक्षिण एसियाका विभिन्न मुलुक र नेपालका ७७ वटा जिल्लासँग स्थलमार्ग जोडिने नेपाल–भारत सिमावर्ती सहर काँकरभिट्टामा लामो समयदेखि ट्राफिक व्यवस्थापन र कार्य सम्पादनका लागि भवन नहुँदा विभिन्न समस्या भोग्दै आएको छ ।

विगत २६ वर्षको समयअवधिमा यो क्षेत्रमा राजनितिक, सामाजिक, आर्थिकसँगै चौतर्फी भौतिक संरचना निमार्णले सानो बजारबाट शहर निमार्ण भएको छ । तर बढ्दो सहरीकरण, सवारीसाधनको चाप, साघुरो सडकसँगै ठूलो जिउधनको क्षति व्यहोर्दै आएको घटनालाई सम्बन्धित पक्षले चासो नदेखाएको प्रति आम नागरिकको गुनासो बढेको बेला मेची सामुदायिक सेवा केन्द्रको संयोजनमा जग्गा व्यवस्थापन तथा भवन निमार्ण समिति गठनले शुभ संकेत प्रवाह गरेका स्थानीयको बुझाई छ ।

मुख्य सडकको पेटीमा अस्थायी रुपमा सेवा दिइरहेका ट्राफिक प्रहरीको आवाससँगै सहजताका लागि काँकरभिट्टामा ट्राफिक पोष्ट कार्यालय भवन निर्माण हुने भएको हो । भवन निर्माणका लागि निर्माण समितिसमेत गठन भएको छ । मेची सामुदायिक सेवा केन्द्रको सभाहलमा सम्पन्न स्थानीय सरोकारवाला पक्षहरुको भेलाले मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ती पौडेलको अध्यक्षतामा १५ सदस्यीय समिती गठन गरेको हो ।

समितिको उपाध्यक्षमा खडानन्द भण्डारी रहेका छन् भने सदस्य सचिवमा ट्राफिक पोष्ट काँकरभिट्टाका प्रमुख लिला श्रेष्ठ रहेका छन् । समितिको कोषाध्यक्षमा सुवास गुरुङ रहेका छन् । यसैगरी, सदस्यहरुमा होम विष्ठ, मिरा कार्की, दिनेश पोख्रेल, बिक्की मजुमदार, सञ्जय तामाङ, गोपाल श्रेष्ठ, विष्णु श्रेष्ठ, मोहन रिजाल, राजकुमार सुवेदी, केशव गिरी र बिमला देवकोटा छन् ।

यसैगरी उक्त भेलाले सल्लाहकार समिति समेत गठन गरेको छ । जसका सदस्यहरुमा डिल्लीराम घिमिरे, माधव अर्याल, शुभद्रा अर्याल, सुरेन्द्र बुढाथोकी, हरि तिम्सिना, भवानी केरुङ, ओमप्रकाश आपुङ रहेका छन् । काँकरभिट्टा बजार भन्दा ५ सय मिटर पूर्व राजमार्ग दक्षिण रहेर अस्थायी रुपमा सेवा दिइरहेको अवस्थामा कार्यालय भवन निर्माण हुने भएसँगै अब सेवा प्रदानका लागि ट्राफिक प्रहरीलाई सहज हुने अपेक्षा गरिएको छ ।

समृद्ध समाज निमार्णका लागि मेची सामुदायिक सेवा केन्द्र सदैव सबैपक्षसँग सहमति, सहकार्य र समवन्य गर्न तप्पर रहने समितिका अध्यक्ष पौडेलले बताए । पौडेलले भने “आम नागरिकसँग जोडिएका विषयमा निरन्तर रुपमा अघि बढ्नका लागि सबैपक्षको भावनाको अपनत्तो गराउने सम्बन्धमा जनप्रतिनिधि, राजनीतिक दल, स्थानीय संघ–संस्था, यातायात व्यवसायी, नागरिक समाजलगायत सबैको सहमति प्राप्त गरेको छौं । यसले सकारात्मक सोचका साथ, रचनात्मक कार्य सम्पादन गर्न थप विश्वास प्राप्त भएको छ ।’’

भेलामा संविधानसभा सदस्य रविन कोइराला, कोशी प्रदेश सभा सदस्य गोपाल तामाङ, मेचीनगर नगरपालिका उपप्रमुख मिना पोख्रेल उप्रेती, निवर्तमान मेचीनगर नगरप्रमुख बिमल आचार्य, मेचीनगर वडा नं ६ का वडाअध्यक्ष ललित बहादुर तामाङ, ईलाका प्रहरी कार्यालय काँकरभिट्टाका डिएसपी दिपक भारतीलगायत काँकरभिट्टामा सक्रिय विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : श्रावण १८, २०८० बिहीबार  ७ : ५० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]