बैशाख १७, २०८१ सोमबार

शिवसताक्षीमा समुदाय प्रहरी पालिका समिति गठन

शिवसताक्षी । झापाको शिवसताक्षीमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम सञ्चालनका लागि समुदाय प्रहरी पालिका समिति गठन भएको छ । शिवसताक्षी नगरपालिकामा एक कार्यक्रमका बीच नगरप्रमुख मेगाहाङ्ग थोप्राको संयोजकत्वयमा २१ सदस्य पालिका समिति गठन गरिएको हो ।

जसमा सहसंयोजकद्वयमा नगर उपप्रमुख नरमाया कार्की, इलाका प्रहरी कार्यालय झिलझिलेका इन्चार्ज युवराज कटुवाल रहेका छन् । सदस्यमा शिवसताक्षी नगरपालका वडा नं. ७ का वडाध्यक्ष भवानी विक्रम चेम्जोङ्ग, सदस्य सचिव प्र.स.नि भिमबहादुर मगर, सदस्य शिवसताक्षी नगरपालिकाका प्रशासन प्रमुख डिल्लीराम नेपाल रहेको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

त्यसैगरी नगरका संघ संस्थाहरुको प्रतिनिधित्वको रुपमा रहेका सदस्यहरुमा रमेश बराल, छत्रबाबु ओझा, निर्मला प्रधान, विष्णुमाया भट्टराई, जयश्वर आङ्देम्बे, बेनुप्रसाद कार्की, गोविन्द काफ्ले, मणीप्रसाद खड्का, डिल्लीरमण खतिवडा, भोजराज ढकाल, धनप्रसाद लावती, पदमप्रसाद दाहाल नरपति पाठक र सञ्चारकर्मी सरोज भट्टराई रहेको इलाका प्रहरी कार्यालयका इन्चार्ज युवराज कटुवालले जानकारी दिए ।

कार्यक्रममा समितिका संयोजक तथा नगरप्रमुख मेगाहाङ्ग थोप्राले समाजलाई सही दिशामा लैजानका लागि विभिन्न संघ संस्थाहरुको प्रतिनिधित्व हुने गरी समिति निर्माण गरिएको बताए । उनले नव गठित समितिले महिला तथा बालकालिका विरुद्ध हुने हिंसा तथा अपराध, साइबर सुरक्षा, आधारभूत कानुन र मावन अधिकार, सडक सुरक्षा, लागु औषध निषेध, पदाक पदार्थ र सूर्तीजन्य पदार्थको नकारात्मक प्रभाव, विपद् जोखिम तथा न्यूनीकरण लगायत समाजमा आइपर्ने जोखिम तथा विपद्का कामहरु समुदायसँग हातेमालो र सहकार्य गर्ने उद्देश्य रहेको जानकारी दिए । उनका अनुसार पालिका समिति सदस्यहरुमा केही आवश्यकताका आधारमा थप हुन सक्ने छन् ।

कार्यक्रममा समितिका सह संयोजक तथा इलाका प्रहरी कार्यालय झिलझिलेका इन्चार्ज युवराज कटुवालले अब वडागत रुपमा पनि समिति गठन गरिने जानकारी दिए । सम्वन्धित वडाध्यक्षको संयोजकत्वमा सामुदायिक प्रहरी वडा समिति गठन गरेर समिति गठन प्रकृयाले पूर्णता पाएपछि अन्य कामहरु सुरु गर्ने जानकारी दिए ।

प्रकाशित मिति : श्रावण २१, २०८० आईतबार  ७ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]