जेष्ठ ६, २०८१ आईतबार

सानो साथी मन्टेस्वरीका प्रिन्सिपललाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश

झापा । झापा जिल्ला अदालतले धुलाबारीको ‘सानो साथी किन्डर गार्टेन’ नामक मन्टेश्वरी स्कुलको सेप्टिक ट्यांकीमा डुबेर आठ वर्षीय बालक तान्छोपहाङ लिम्बुको मृत्यु भएको घटनामा स्कुलका प्रिन्सिपल मनोज गुरुङलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

गत असार २५ गते उक्त तान्छोपको मृत्यु भएको थियो । उनका बुवा खर्कबहादुर सुब्बाले तान्छोपको मृत्यु शंकास्पद रहेको जाहेरी दिएपछि प्रहरीले स्कुलका सञ्चालक समेत रहेका मेचीनगर–११ निवासी ४५ वर्षीय मनोज गुरुङ सहित तीन जनालाई पक्राउ गरेर झापा जिल्ला अदालतमा मुद्धा चलाएको थियो ।

आइतवार उक्त मुद्धाको थुनछेक बहसपछि अदालतले प्रिन्सिपल गुरुङलाई थुनामा राख्ने आदेश दिएको हो भने अरु दुई जना आरोपितलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।

उक्त घटनाका आरोपितको रुपमा स्कुलकी व्यवस्थापक एवम् शिक्षिका मेचीनगर–१० की २४ वर्षीया अनिशा पोखरेल र सुसारे कर्मचारी मेचीनगर–११ की ३५ वर्षीया रमा सुनार रहेका थिए । अदालतले पोखरेललाई रु। दुई लाख र सुनारलाई रु। ५० हजार धरौटीमा रिहा गरेको हो ।

आरोपितमध्ये स्कुलकै सञ्चालक काठमाडौं–३१ निवासी ४२ वर्षीय सुरेन रसाइली फरार छन् ।

थुनछेकको बहसमा बादीका तर्फबाट अधिवक्ता सुरज खत्री, शान्ता पाठक र सरकारी वकिलले वहस गर्नु भएको थियो भने प्रतिबादीका तर्फबाट अधिवक्ता अशोक पोखरेलले वहस गर्नु भएको थियो ।

प्रकाशित मिति : श्रावण २२, २०८० सोमबार  ३ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]