बैशाख २४, २०८१ सोमबार

मेची क्याम्पसको स्ववियु निरन्तर विद्यार्थी काममा क्रियाशिल

बिर्तामोड । मेची बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निरन्तर काममा जुटेको छ । स्ववियु निर्वाचनको करिब चार महिना कै अवधिमा मेची क्याम्पसको स्ववियु समितिले उल्लेखनीय काम गरेको पाइएको छ ।

स्ववियुले क्याम्पस हाताभित्र झारले छोपेको क्रिकेट ग्राउण्डलाई व्यवस्थित गर्न नगरपालिकासँगको सहकार्यमा झार हटाएर सफा गरिसकेको छ भने लेभल पनि मिलाइसकेको छ । स्ववियु अध्यक्ष सन्देश धमलाले आफ्नो घोषणा पत्रमा निर्वाचित भएको एक वर्षभित्रमा सम्पन्न गर्ने भनिएको क्रिकेट ग्राउण्ड छ महिनामै सम्पन्न हुने जिकिर गरेका छन् ।

यसैगरी विद्यार्थीहरुलाई मत माग्ने क्रममा अध्यक्ष धमलाले क्याम्पसमा जेनेटर ल्याउने कुराको ग्यारेन्टी गरेका थिए । क्यापसमा हाल ३० लाख बराबरको जेनेटर आइसकेको छ । त्यो जेनेटर सञ्चालनको क्रममा रहेको अध्यक्ष धमलाले जानकारी दिएका छन् ।

यसैगरी नेपाल टेलिकमसँगको सहकार्यमा चाँडै क्याम्पसको ल्याब र पुस्तकालयमा राम्रो क्वालिटिको स्पिड भएको इन्टरनेट जडानको काम सम्पन्न हुने अध्यक्ष धमलाले दावी गरेका छन् । यसका साथै क्याम्पसका विभिन्न तीन ठाउँमा फ्रि–वाइपफाई जोन निर्माण गरिने पनि उनले बताएका छन् ।

यसैगरी क्याम्पलाई थप चुस्त र प्राविधिक बनाउन क्याम्पसको शैक्षिक भित्तेपात्रोको तयारी गरेको र स्ववियु मोबाइल एपको पनि काम अगाडि बढाइसकेको सचिव विदन राईले जानकारी दिएका छन् ।

शिक्षामा सबैको पहुँच विस्तार गर्ने मुख्य उदेश्य आफूहरुले राखेको अध्यक्ष धमलाले दावी गर्दै निम्न वर्गका विद्यार्थीहरुलाई निशुल्क पढाउनु पर्छ भनेर व्यवस्थापन समितिमा आवाज उठाइरहेको जिकिर गरेका छन् ।

साथै, स्ववियुले मेची क्याम्पसमा विगत तीन बर्ष देखि वितरण नगरेको छात्रवृत्ति वितरणमा पनि उल्लेखनीय भूमिका खेलेको जनाएको छ । क्याम्पस अगाडि अलपत्रमा परेको निर्माणाधिन पार्कलाई सम्पन्न गर्न स्ववियुले क्याम्पस प्रशासन र नगरपालिकाको सहयोगमा काम अगाडि बढाएको अध्यक्ष धमलाले जानकारी दिए ।

प्रकाशित मिति : श्रावण २५, २०८० बिहीबार  ८ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]