जेष्ठ ५, २०८१ शनिबार

भान्सालाई सस्तो बनाऔं

सम्पादकीय

अहिले हरेक परिवारमा एउटा चर्चा छ, टमाटरको मुल्य । टमाटरलाई केन्द्रमा राखेर विभिन्न प्रचारबाजी गरिरहेको छ । कतिपयले टमाटर चोरी हुने समय भन्दै चर्चा गरिरहेका छन् । यसो हुनुको कारण भनेको टमाटरको मुल्य हो । अहिले टमाटरको मुल्य धेरै माथि पुगेको छ । प्रति किलो २०० रुपैयाँसम्म पुगेपछि भान्सा त्यसै पनि महंगियो । सामाजिक सञ्जालमा एक उपभोक्ता लेख्छन्, टमाटरको दाम सोधेपछि मासु किनेर घर फर्किए । अर्थात, टमाटरभन्दा मासु किन्दा फाइदा हुने ति उपभोक्ताको प्रतिक्रिया थियो । तर, यसरी आत्तिनु हुदैन । आत्तिनु पर्ने कारण हामी आफैले उब्जाएको हो ।

टमाटर विना तरकारी खान पाइदैन र ? टमाटर किन्नै पर्छ ? टमाटर विनाको तरकारी खानै नमिल्ने हो ? त्यस्तो पनि होइन । बरु, यसको उत्पादनमा ध्यान दिऔं । एउटा परिवारले आफ्नो लागि आफै उत्पादन गर्न सकिन्छ । हरेक खाद्य वस्तु किनेर मात्रै खान्छु भन्ने मानसिकता हटाइयो भने भान्सा विस्तारै सस्तिएर जान्छ । यसैले टमाटरको मुल्य बढे जस्तै अन्य कृषि वस्तुको पनि मुल्य बढेर जानेछ । बेलैमा उत्पादनतिर लाग्नुपर्छ । घरका बारी र छतमा टमाटर, खोर्सानी र केहि सागसब्जी फलाइयो भने खर्च पनि घट्ने छ ।

बिर्तामोडस्थित कृषिथोक बजारमा ५० भन्दा बढि प्रकारका तरकारी खरिद गर्न पाइन्छ । त्यसमा ४० प्रकारका तरकारीजन्य वस्तु भारतबाट आइरहेको तथ्याङक छ । तरकारी, फलफुल, मसला र माछामासुमा अझै भारतको भरमा चलिरहेको छ । यसरी परनिर्भर भइरहने हो भने हाम्रो भान्सा सधैं महंगो भइरहने छ । दैनिक जीवन, खानपानलाई सकेसम्म सरल बनाउन आवश्यक छ । त्यसका लागि मेहनत गर्नैपर्छ । सबै नेपाली नागरिकले संभव भएसम्म आत्मनिर्भर बन्ने बाटो राज्नैपर्छ । सबै उत्पादनसँग जोडिएमा मात्रै समृद्धि नेपाल, सुखी नेपालीको आकांक्षा समेत पुरा हुने छ ।

प्रकाशित मिति : श्रावण २६, २०८० शुक्रबार  १२ : २३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]