जेष्ठ ६, २०८१ आईतबार

निजी विद्यालय सञ्चालकहरूको आन्दोलन स्थगित, आइतबारदेखि विद्यालय बन्द नहुने

काठमाडौं । निजी विद्यालय सञ्चालकहरुले गर्दै आएको सबै आन्दोलनको कार्यक्रमहरु हाललाई स्थगित भएको छ ।

संसदमा पेश गर्न लागिएको शिक्षा विधेयकले निजी विद्यालयहरुलाई बाइबास गरेको भन्दै आन्दोलित निजी विद्यालय सञ्चालकहरूले आन्दोलन स्थगित गरेको हो ।

आन्दोलन स्थगित भएसँगै आइतबारदेखि विद्यालय बन्द नहुने प्याब्सनका अध्यक्ष बीपी ढुंगानाले बताए । उनले सरकारसँग वार्ता भइरहेको बताए ।

निजी विद्यालयमारा शिक्षा विधेयक ल्याइएको भन्दै सञ्चालकहरू आन्दोलित भएका थिए । बुधबार प्याब्सन, हिसान र नेसनल प्याब्सनले पत्रकार सम्मेलन गरेर चरणवद्ध आन्दोलन गर्ने घोषणा गरेको थियो । शिक्षा विधेयक नसच्याए आइतबारदेखि सबै विद्यालय बन्द गरेर सडकमा उत्रिने चेतावनी दिएका थिए ।

प्याब्सन, हिसान र नेसनल प्याब्सनको संयुक्त आन्दोलनमा शिक्षा कम्पनीमार्फत सञ्चालित विद्यालयलाई ५ वर्षभित्र गुठीमा रूपान्तरण र दायित्व फरफारकलाई समावेश गरी निजी लगानीको शिक्षा क्षेत्रलाई निरुत्साहित गर्दै मास्ने नियत राखिएको टिप्पणी गरिएको थियो ।

आफूहरू गुठीमा रुपान्तरण हुन तयार रहेको भन्दै लगानीको सुरक्षाको प्रत्याभूति खोजेको सञ्चालकहरूको भनाइ थियो ।

प्रकाशित मिति : श्रावण २६, २०८० शुक्रबार  ३ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]