जेष्ठ ५, २०८१ शनिबार

आसनग्रहणको भोक छोडिदिऊ

सम्पादकीय
नेकपा एमालेलेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा सचिवालय बैठकले आसनग्रहण नगराउने र खादा माला बन्द गर्ने निर्णय गरेको विषय सार्वजनिक गरेका छन् । वास्तवमा यो निर्णय आवश्यक थियो । रचनात्मक निर्णय गरेर राम्रो कामको सुरुआत भएको छ । आसनग्रहण र खादामालाको सम्मानले हरेक कार्यक्रममको मुल रौनकलाई सधै ओझेलमा पारेको छ । आसन ग्रहण गराइएका व्यक्तिहरुको अनुहार हेरेर लामो समय विताउनु पर्दा सबैलाई सहज हुदैन । कोहिकोही आसन कै भोकमा पनि लालायित छन् । उनीहरुका लागि यो निर्णय बेठिक हुन सक्छ । समग्रमा असाध्यै राम्रो निर्णय भएको छ ।

आसनग्रहण एमाले वा राजनीतिक दलहरुमा मात्र हुने होइन । नीति क्षेत्र, संघ संस्था हरेक क्षेत्रमा आसन ग्रहणको प्रचलन छ । आसनग्रहण भनेको निश्चित व्यक्तिलाई गराउनु ठिकै पनि हो । मुख्य व्यक्तिलाई आसन ग्रहण गराए हुन्छ । तर, दलहरुकै कुरा गर्ने हो भने टोलदेखि केन्द्रसम्मका नेता आसन ग्रहण गराउँदा अगाडि बस्न राखिएका कुर्सीहरु खाली हुन्छन् । कुनै पनि कार्यक्रमको मुख्य व्यक्तित्व बाहेकलाई आसनग्रहणको जरुरी छैन । विना कामका अर्थात जनताको काम नगर्नेहरु पनि आसनग्रहण गरेर बस्दा काम गर्नेहरु अन्याय पर्ने निश्चित छ ।

मञ्चमा देखिनुले केहि अर्थ राख्दैन । काम गर्नेहरु मञ्चदेखि बाहिर रहँदा पनि सबैको आँखामा पर्ने गर्छन् । आसनग्रहणको सवाल मात्र होइन, बोल्नेहरुको संख्या पनि घटाइनुपर्छ । यो अभ्यास वास्तवमा राम्रो हो । बोल्नेहरुको संख्या यति धेरै हुन्छ कि सुन्नेहरुलाई वाक्क दिक्क बनाइने गरेको छ । एउटै विषयमा धेरैले बोल्नुभन्दा विषय विज्ञ एक जनाले बोलेको उत्तम हुन्छ । यसैले कुनै पनि कार्यक्रम आयोजकहरुले आफ्नो कार्यक्रमहरुलाई छरितो, कम खर्चिलो र कम समयमा प्रभावकारी कार्यक्रम गर्ने तर्फ ध्यान दिन अत्यन्तै जरुरी छ ।

प्रकाशित मिति : श्रावण ३२, २०८० बिहीबार  ८ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]