जेष्ठ ४, २०८१ शुक्रबार

मेचीनगरमा गोरु व्यापारीको शव भेटियो, हत्या भएको आशंका

मेचीनगर । झापाको मेचीनगरमा ४३ वर्षीय युवकको शव फेला परेको छ । मेचीनगर –८ का सुन्दर किसानको आज विहान घर नजिकै खोल्सोमा झाडीले छोपेको अवस्थामा शव फेला परेको झापा प्रहरीले जनाएको छ ।

झाडीमा पनि लुकाइएको अवस्थामा फेला परेका युवकको घाँटी र हातमा चोट लागेको देखिन्छ । प्रहरीका अनुसार उनको शव भेटिएको ठाउँ नजिकै रड र चप्पल समेत रगताम्मे अवस्थामा भेटिएको छ । सोही प्रमाणको आधारमा उनको पहिचान समेत भएको थियो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालका अनुसार घटनाका सन्दर्भमा अनुसन्धान भइरहेको छ । धरानबाट कुकुर ल्याई अनुसन्धान गरिरहेको प्रवक्ता रिजालले जानकारी दिए । जिल्ला र प्रदेश प्रहरीले घट्नाको अनुसन्धान गरिरहेको छ, अनुसन्धानपछि थप जानकारी प्राप्त हुनेछ, उनले भने ।

शवको प्रकृति हेर्दा विभत्स तरिकाले हत्या गरिएको देखिन्छ । स्थानीयबासीका अनुसार उनी गोरु व्यवसाय गर्दै आएका थिए ।

प्रकाशित मिति : श्रावण ३२, २०८० बिहीबार  १ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]